नेप्सेले सूचीकृत कम्पनीसँग माग्यो वित्तीय विवरण, प्रणालीमा अद्यावधिक गर्नुपर्ने

बिजमाण्डू
२०८२ बैशाख ३० गते १९:५९ | May 13, 2025
नेप्सेले सूचीकृत कम्पनीसँग माग्यो वित्तीय विवरण, प्रणालीमा अद्यावधिक गर्नुपर्ने

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सूचीकृत कम्पनीसँग वित्तीय विवरण मागेको छ।

Tata
GBIME

नेप्सेले मंगलबार सूचना निकालेर सूचीकृत कम्पनीलाई आफ्नो प्रणालीमा विवरण पेस गर्न भनेको हो।

‘नेप्सेमा सूचीकृत संगठित संस्थाहरुले नेप्सेले उपलब्ध गराएको एनओटीएस लगइनमार्फत प्रविष्ट सूचना तथा जानकारी नेप्सेको वेबसाइटबाट सम्प्रेषण भइरहेको र कतिपय सूचीकृत संगठित संस्थाले कम्पनी प्रोफाइल, सम्पर्क विवरण, सञ्चालक वित्तीय विवरण प्रविष्ट तथा अद्यावधिक नगरेको देखिएकोले सूचीकृत संगठित संस्थालाई सम्पूर्ण विवरण यथाशिघ्र प्रविष्ट/अद्यावधिक गर्न अनुरोध गरिन्छ,’ नेप्सेले भनेको छ।