बौद्धमा बुद्धजयन्तीको रमझम, शान्तिको कामना गर्दै राष्ट्रपतिले उडाए परेवा (तस्विरहरु)

प्रवीण रानाभाट
२०८२ बैशाख २९ गते १२:१९ | May 12, 2025
बौद्धमा बुद्धजयन्तीको रमझम, शान्तिको कामना गर्दै राष्ट्रपतिले उडाए परेवा (तस्विरहरु)


काठमाडौं । आज सिद्धार्थ गौतमको २५६९ औँ जयन्ती मनाइँदैछ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाउने गरिन्छ।

Tata
GBIME
NLIC

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन्।

‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६९ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाइँदैछ। बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ।

बुद्ध जयन्तीको अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरि बुद्धजयन्ती मनाइँदैछ।

यही अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बौद्ध पुगेर पूजा गरेका छन्। उनले शान्तिको कामना गर्दै परेवा पनि उडाए।