
काठमाडौं । एनआइसी एसिया लघुवित्तको नाफा बढेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तको नाफा ४.४३ प्रतिशतले बढेको हो।
ब्याज आम्दानीमा गिरावट आए पनि लघुवित्तले प्रोभिजनिङ राइट ब्याक गर्दा नाफा बढेको हो। चैत मसान्तसम्म लघुवित्तले ६ करोड ५२ लाख रुपैयाँ प्रोभिजनिङ राइट ब्याक गरेको छ। पोहोर ९ महिनामा लघुवित्तले ११ करोड ७१ लाख रुपैयाँ प्रोभिजनिङ गरेको थियो।
तेस्रो त्रैमाससम्म लघुवित्तले १२ लाख ९८ हजार रुपैयाँ खुद नाफा गरेको छ। पोहोर ९ महिनामा लघुवित्तको नाफा १२ लाख ५५ हजार थियो।
लघुवित्तको ब्याज आम्दानी भने २०.९३ प्रतिशतले घटेर ४९ करोड ५९ लाखमा सीमित छ।
लघुवित्तको खराब कर्जा भने बढेको छ। चैत मसान्तमा लघुवित्तको खराब कर्जा १३.५५ प्रतिशत पुगेको छ। पोहोर सोही अवधिमा खराब कर्जा १३.५३ प्रतिशत थियो।
लघुवित्तको वितरणयोग्य नाफा ३ करोड ७ लाख रुपैयाँ छ। लघुवित्तको प्रतिसेयर आम्दानी ०.१० रुपैयाँ र नेटवर्थ १४७.२४ रुपैयाँ रहेको छ।