भारतमा काम थाल्न मस्कको स्टारलिंकलाई बाटो खुला, कम्पनीले पायो आशयपत्र

बिजमाण्डू
२०८२ बैशाख २५ गते १६:४७ | May 8, 2025
भारतमा काम थाल्न मस्कको स्टारलिंकलाई बाटो खुला, कम्पनीले पायो आशयपत्र

एलन मस्कको कम्पनी स्टारलिंकले भारतीय आकाशबाट ब्रोडब्याण्ड सेवाहरू सुरु गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले भारतमा काम थाल्न दूरसञ्चार विभागबाट आशयपत्र पाएको छ।

Tata
GBIME

आशयपत्र प्राप्तिसँगै कम्पनीले भारतमा स्याटेलाइट इन्टरनेट सेवाहरू सुरु गर्ने दिशामा पहिलो चरण पार गरेको हो। अमेरिकी राष्ट्पति डोनाल्ड ट्रम्पको सहयोगीका रुपमा ह्वाइट हाउसमा पहुँच बनाएका मस्क संसारकै सर्वाधिक धनी व्यक्ति हुन्।

ट्रम्प प्रशासनका सहयोगी भएपछि मस्कको कम्पनी टेस्लालाई भने धक्का लागेको छ। बढेको आलोचनालाई ध्यानमा राख्दै उनले अब ह्वाइट हाउसमा आफ्नो सक्रियता घटाएर आफ्ना कम्पनीलाई दिने समय बढाउने बताएका थिए।

उच्चपदस्थ स्रोतहरूलाई उददृत गर्दै प्रेस ट्र्स्ट अफ इन्डियाले स्टारलिंकलाई आशयपत्र जारी गरिएको जनाएको छ। मस्कको कम्पनीले अब सञ्चालन सुरु गर्न सक्षम हुनु अघि सरकारको इजाजतपत्र प्राप्त गर्नु पर्नेछ।

स्पेसएक्सले विकसित गरेको स्टारलिंकले उपग्रहमा आधारित इन्टरनेट सेवाको व्यापार गर्छ। यो अमेरिकी एरोस्पेस निर्माता र अन्तरिक्ष यातायात कम्पनी मस्कले सन् २००२ मा स्थापना गरेका हुन्। स्टारलिंकले उपग्रह प्रविधि प्रयोग गरेर विश्वव्यापी रूपमा उच्च-गतिको ब्रोडब्यान्ड इन्टरनेट प्रदान गर्दछ।