सुन बढ्दै तोलाको १ लाख ९२ हजार २ सय रुपैयाँ पुग्यो, चाँदीको मूल्यमा गिरावट

बिजमाण्डू
२०८२ बैशाख २५ गते १०:४६ | May 8, 2025
सुन बढ्दै तोलाको १ लाख ९२ हजार २ सय रुपैयाँ पुग्यो, चाँदीको मूल्यमा गिरावट


काठमाडौं। सुनको मूल्यमा बढोत्तरीको क्रम थामिएको छैन। चाँदीमा भने गिरावट छ। बिहीबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ९२ हजार २ सय रुपैयाँ पुगेको छ।

Tata
GBIME
NLIC

यो अघिल्लो दिनका तुलनामा ६ सय रुपैयाँको बढोत्तरी हो। साताको तेस्रो दिनका तुलनामा १ हजार ७ सय रुपैयाँ बढ्दा बुधबार कारोबार मूल्य १ लाख ९१ हजार ६ सय रुपैयाँ भएको थियो।

त्यसअघि सोमबारका तुलनामा एकै दिन ५ हजार ३ सय रुपैयाँ बढेर मंगलबार १ लाख ८९ हजार ९ सय रुपैयाँ पुगेको थियो।

चाँदी १० रुपैयाँ घटेको छ। बिहीबार कारोबार मूल्य प्रति तोला १ हजार ९ सय ५५ रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबारका तुलनामा ५५ रुपैयाँ बढेर बुधबार तोलाको १ हजार ९ सय ६५ रुपैयाँ भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रति औंस ३३८५.७८ डलरले कारोबार भइरहेको छ। बुधबार ३३८४.७८ डलर थियो। चाँदी प्रतिऔंस ३२.८३ डलर छ। बुधबार ३३.०३ डलर थियो।