कृषि बीमाको दायरा विस्तार गर्ने सरकारको घोषणा, विपन्न किसानलाई सहुलियतपूर्ण ऋण

बिजमाण्डू
२०८२ बैशाख १९ गते १७:४० | May 2, 2025
कृषि बीमाको दायरा विस्तार गर्ने सरकारको घोषणा, विपन्न किसानलाई सहुलियतपूर्ण ऋण


काठमाडौं। सरकारले किसानलाई परिचय पत्रसहित कृषि बीमाको दायरा विस्तार गर्ने घोषणा गरेको छ।

Tata
GBIME
NLIC

सरकारका तर्फबाट शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विपन्न किसानलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने बताए।

‘कृषि बिमाको दायरा विस्तार गरिनेछ। विपन्न किसानलाई सहुलियतपूर्ण ऋण र परिचय-पत्रसहित सेवा सुविधा दिइनेछ,’ पौडेलले भने।

सरकारले कृषि बीमाका लागि ८० प्रतिशतसम्म प्रिमियम उलपब्ध गराउँदै आएको छ। कृषि बीमामा सरकारले वर्षेनि ठूलो रकम खर्चिंदै आए पनि उत्पादकत्व भने अपेक्षित रुपमा वृद्धि हुन नसकेको तथ्यांकले देखाउँछ।