सडक बन्द गरेर जारी छ शिक्षकहरुको नाचगान, छाता ओडेर प्रदर्शनमा (तस्विरहरु)

प्रवीण रानाभाट
२०८२ बैशाख १० गते १३:४९ | Apr 23, 2025
सडक बन्द गरेर जारी छ शिक्षकहरुको नाचगान, छाता ओडेर प्रदर्शनमा (तस्विरहरु)


काठमाडौं । आज पनि सामुदायिक विद्यालयका शिक्षकहरुले काठमाडौंमा प्रदर्शन जारी राखेका छन्। शिक्षकहरुले बिहान ९ बजेदेखि नै माइतीघर बानेश्वर सडकखण्ड अवरुद्ध गरेर प्रदर्शन गरेका हुन्।

Tata
GBIME
NLIC

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरबाट शिक्षकहरु काठमाडौं आएका हुन्। उनीहरुले काठमाडौं केन्द्रित प्रदर्शन गरेको २२ दिन भइसकेको छ।

बिहानैदेखि मुख्य सडक नै बन्द गरेर प्रदर्शनमा उत्रिएपछि त्यो सडक हुँदै चल्ने सार्वजनिक यातायात संचालन हुन सकेको छैन।

शिक्षकहरुको प्रदर्शनका कारण कारण काठमाडौंको माइतिघरबाट बबहरमहलहुँदै नयाँ बानेश्वरसम्मको सडकखण्डमा चल्ने सवारी साधनलाई यतिबेला विभिन्न स्थानबाट डाईभर्ट गरिएको छ।

ट्राफिक प्रहरीका अनुसार साना तथा दुई पाङ्गे सवारी साधनलाई नयाँ बानेश्वरबाट डाईभर्सन गरिएको छ। नयाँ बानेश्वर तर्फ जाने सवारी साधनलाई भने माइतीघरबाटै डाईभर्ट गरिएको छ।

शिक्षकहरुले सडक बन्द गरेर नाचगान गर्दै प्रदर्शन गरिरहेका छन्। कोही जादु देखाउँदैछन् त कोही टिकटक भिडियो बनाउँदैछन्। चर्को घामबीच छाता ओडेर आज शिक्षकहरु प्रदर्शनमा छन्।

हाल प्रदर्शन भइरहेको मुख्यसडक वरिपरि धेरै अस्पताल र विद्यालय छन्। जसकारण बिरामी र विद्यार्थीहरुलाई गाह्रो भइरहेको छ। दैनिक काममा जानुपर्ने सर्वसाधारण पनि मर्कामा छन्।

यस्तो अवस्थामा शिक्षकहरुलाई वैकल्पिक स्थान छुट्याएर आफ्नो माग राख्ने वातावरण बनाउन दिनुपर्ने आवाज पनि उठिरहेको छ। तर, यसमा न शिक्षकहरु तयार छन् न सरकारी पक्षले नै पहल गरेको छ।