कियाको इभी३ ‘वर्ल्ड कार अफ द इयर’, बीवाइडीको सिगल र डल्फिन ‘बेस्ट अर्बन कार’

बिजमाण्डू
२०८२ बैशाख ५ गते १२:१७ | Apr 18, 2025
कियाको इभी३ ‘वर्ल्ड कार अफ द इयर’, बीवाइडीको सिगल र डल्फिन ‘बेस्ट अर्बन कार’


काठमाडौं। कोरियन ब्राण्ड कियाको इभी३ले ‘वर्ल्ड कार अफ द इयर’को ताज जितेको छ।

Tata
GBIME
NLIC

कियाको इभी३ले बीएमडब्लू एक्सथ्री र हुन्डाई इन्स्टर/क्यास्पर इलेक्ट्रिकलाई पछि पार्दै अवार्ड जितेको हो।

अर्को कोरियन ब्रान्ड हुन्डाईको इन्स्टर/ क्यास्पर इलेक्ट्रिकले वर्ल्ड इलेक्ट्रिक भेहिकलको उपाधि पाएको छ। फक्सवागन आईडी बजले वर्ल्ड कार डिजाइन अफ द इयर र पोर्से ९११ क्यारेरा जीटीएसले वर्ल्ड बेस्ट पर्फमेन्स कारको ताज पाएका छन्।

चिनियाँ गाडी उत्पादक कम्पनी बीवाइडीको सिगल र डल्फिन मिनिले भने वर्ल्ड अर्बन कारको उपाधि जितेका छन्। यो उपाधि चिनियाँ ब्रान्डले पहिलोपटक जितेको हो।

यसैगरी, बीवाइडीकी कार्यकारी उपाध्यक्ष स्टेला ली वर्ल्ड कार पर्सन अफ द इयर घोषित भइन्। यस्तै भोल्भो ईएक्स९० ले वर्ल्ड लक्जरी कारको उपाधि जितेको छ।