सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार ?

बिजमाण्डू
२०८२ बैशाख ४ गते १८:१२ | Apr 17, 2025
सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार ?


काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ। नेप्सेले कम्पनीको सेयर मूल्य बिहीबार समायोजन गरेको हो।

Tata
GBIME
NLIC

इन्स्योरेन्सको बिहीबार अन्तिम कारोबार मूल्य ६२९.१६ रुपैयाँ कायम भएकामा समायोजनपछि ५१६.६६ रुपैयाँ कायम भएको छ। इन्स्योरेन्सले चुक्ता पुँजीको २७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्दैछ।

शुक्रबार बुक क्लोज तोकेकाले सेयर मूल्य समायोज गरिएको हो। बुक क्लोजअघि कायम सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्।

हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख रुपैयाँ पुग्नेछ। नेपाल बीमा प्राधिकरणले लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तोकेको छ।

प्राधिकरणले २०७८ चैतमा इन्स्योरेन्सको पुँजी साढे दुई गुणा वृद्धिको निर्णय गरेर एक वर्षभित्र कायम गर्न निर्देशन दिएकामा कम्पनीहरुले अझै जुटाउन सकेका छैनन्।