ठमेलको एलओडी क्लब उत्कृष्ट १०० मध्येको ४४ स्थानमा, ‘विश्वको शीर्ष सूचीमा पर्नु गौरव’   

बिजमाण्डू
२०८१ चैत्र २८ गते १३:५२ | Apr 10, 2025
ठमेलको एलओडी क्लब उत्कृष्ट १०० मध्येको ४४ स्थानमा, ‘विश्वको शीर्ष सूचीमा पर्नु गौरव’   


काठमाडौं। ठमेलस्थित क्लब लड अफ द ड्रिंक्स् (एलओडी) विश्‍वका उत्कृष्ट १०० मध्ये ४४औं स्थानमा परेको छ। युकेको डीजे म्यागले सन् २०२५ का लागि छनोट गरेको उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी उक्त स्थान कायम गर्न सफल भएको हो।

Tata
GBIME
NLIC

एलओडी डीजे म्याग टप हन्ड्रेडको छनोटमा परी ४४ औं स्थानमा पर्न सफल हुनु राष्ट्रकै लागि गौरवको अवसर प्राप्त भएको क्लबका निर्देशक भूपेन कुँवरले बताए। ‘एलओडी क्लब डीजे म्यागको टप १०० मा पर्नु भनेको नेपालका लागि गौरवको विषय हो,’ उनले भने, ‘टप १०० को ४४ भित्र एलओडी छनोट भएसँगै नेपालको नाम पनि जोडिएको छ।’

सय वटा उत्कृष्‍ट क्लबमा एलओडी पर्दा विश्‍वभरका क्लब पारखीका लागि मुलुककै प्रवर्धन हुन पुगेको उनले बताए। यो मान्यताले रात्रिकालीन जीवनका पारखी तथा विदेशी पर्यटकका लागि क्लबसँगै नेपालमा थप आकर्षण बढ्ने उनको भनाइ छ।

मनोरञ्जन गर्न आउने पर्यटकको संख्या बढ्दा पर्यटन उद्योग फस्टाउने उनको दाबी छ। यो मान्यता प्राप्तिसँगै क्लबका लागि अब अझ आकर्षक बनाउनुपर्ने चुनौती थपिएको छ। उक्त स्थानमा कायम रहन र अगाडि बढ्न क्लबले सेवाको स्तरलाई सुदृढ बनाएर लैजाने उनले बताए।