रेमिटेन्समा कीर्तिमान, फागुनमा भित्रियो १.५१ खर्ब रुपैयाँ, वैदेशिक रोजगारीमा गए ५.३४ लाख

बिजमाण्डू
२०८१ चैत्र २७ गते १७:३५ | Apr 9, 2025
रेमिटेन्समा कीर्तिमान, फागुनमा भित्रियो १.५१ खर्ब रुपैयाँ, वैदेशिक रोजगारीमा गए ५.३४ लाख


काठमाडौं। चालु आर्थिक वर्ष ८ महिनामा पोहोरको सोही अवधिको तुलनामा रेमिटेन्स ९.४ प्रतिशतले बढेको छ।

Tata
GBIME
NLIC

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यो आर्थिक वर्ष फागुन मसान्तसम्म १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। यसमध्ये १ खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ फागुनमा भित्रिएको हो। एकै महिनामा यति धेरै रेमिटेन्स भित्रिएको यो पहिलोपटक हो।

गत वर्ष सोही अवधिमा रेमिटेन्स १८.३ प्रतिशतले बढेको थियो।

वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि भएपछि रेमिटेन्स रकम बढेको हो। यो वर्ष फागुनसम्म ३ लाख १७ हजार ६८ जना अन्तिम श्रम स्वीकृति र २ लाख १७ हजार ४०३ जना पुन: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्।

पोहोर ८ महिनामा २ लाख ८५ हजार ३५२ जनाले अन्तिम र १ लाख ८२ हजार ७८३ जनाले पुनः श्रम स्वीकृति लिएका थिए।