इन्स्योरेन्सको दायरा वर्ष दिनमा एक प्रतिशत वृद्धि, ४४.१७% जनसंख्या बीमाको दायरामा



बिजमाण्डू
२०८१ चैत्र २२ गते १९:११ | Apr 4, 2025
इन्स्योरेन्सको दायरा वर्ष दिनमा एक प्रतिशत वृद्धि, ४४.१७% जनसंख्या बीमाको दायरामा

काठमाडौं। चालु आर्थिक वर्ष फागुनसम्म ४४.१७ प्रतिशत जनसंख्या इन्स्योरेन्सको दायरामा आएको छ।

Tata
GBIME
Nepal Life

नेपाल बीमा प्राधिकरणका अनुसार म्यादी, लघुम्यादी र वैदेशिक रोजगार बीमालेखसहित ४४.१७ प्रतिशत जनसंख्या इन्स्योरेन्सको दायरामा आएको हो।

गत वर्ष फागुुनसम्म बीमाको दायरामा रहेको जनसंख्या ४३.१६ प्रतिशत थियो। चालु वर्षमा इन्स्योरेन्सको दायरा १ प्रतिशत वृद्धि भएको हो।

म्यादी, लघुम्यादी र वैदेशिक रोजगार बीमालेख बाहेक इन्स्योरेन्सको दायरामा रहेको जनसंख्या १६.५७ प्रतिशत छ। पोहोर फागुनसम्म यस्तो जनसंख्या १७.०४ प्रतिशत थियो।

चालु वर्षमा जीवन बीमा कम्पनीले कुल ११ प्रतिशतले प्रिमियम बढाएका छन्। गत वर्ष फागुनसम्म ९८ अर्ब ५९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका कम्पनीहरुले यस वर्ष सोही अवधिमा १ खर्ब ९ अर्ब ४३ करोड रुपैयाँ आर्जन गरेका छन्।

लाइफ इन्स्योरेन्सको नयाँ पोलिसी बिक्री १७.६ प्रतिशतले घटेको छ। पोहोर फागुनसम्म लाइफ इन्स्योरेन्सले ४६ लाख ५३ हजार ७२९ बीमा पोलिसी बिक्री गरेकामा यस वर्ष त्यो संख्यामा ३८ लाख ३४ हजार ५४४ मा सीमित भएको छ।

कुल सक्रिय बीमा लेख संख्या गत वर्ष फागुनसम्म १ करोड ३८ लाख रहेकामा यसपालि १ करोड ४२ लाख पुगेको छ।