
काठमाडौं। साताको अन्तिम कारोबार दिन सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। तोलामा १४ सय रुपैयाँले बढेर मूल्य प्रति तोला १ लाख ७६ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार पनि सुन तोलामा १३ सय रुपैयाँ बढेर कारोबार मूल्य प्रति तोला १ लाख ७४ हजार ८ सय रुपैयाँ थियो। गत साता सुनको मुल्य उच्च विन्दु १ लाख ७६ हजार रुपैयाँ पुगेको थियो।
बुधबार सुन प्रति तोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा आइपुगेको थियो।
चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेको छ। शुक्रबार चाँदी प्रति तोला २ हजार ४० रुपैयाँ छ। बिहीबार चाँदी तोलामा ३० रुपैयाँ बढेर प्रति तोला २ हजार २० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य शुक्रबार प्रति औंस ३०७४.६६ डलर छ। चाँदी प्रति औंस ३४.६५ डलर छ।
बिहीबार सुन प्रति औंस ३०३५.३ डलर र चाँदी प्रति औंस ३३.७ डलरमा कारोबार भएको थियो।