
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहकहरुले द मेट्रोपोलिटन होटल लिमिटेड (मक्र्योर होटल) मा छुट पाउने भएका छन्। यसबारेमा बैंक र होटलबीच साझेदारी गर्नेबारे सहमति भएको छ।
साझेदारी अनुसार माछापुच्छ्रे बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले मक्र्योर होटलका विभिन्न सेवा सुविधामा बढीमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन्।
बैंकका ग्राहकहरूले मक्र्योर होटलमा बसाइ, खानपान तथा अन्य सेवाहरूमा उक्त छुट प्राप्त गर्न सक्नेछन्।
बैंकले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने उद्देश्यले यस्ता सहकार्य गर्दै आएको जनाएको छ।