ग्लोबल मनिविक : वित्तीय साक्षरता कम भएका जिल्लाहरुमा पनि एनआईसी एशिया बैंकको कार्यक्रम

बिजमाण्डू
२०८१ चैत्र १३ गते १३:३१ | Mar 26, 2025
ग्लोबल मनिविक : वित्तीय साक्षरता कम भएका जिल्लाहरुमा पनि एनआईसी एशिया बैंकको कार्यक्रम

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभरका हजारौं विद्यार्थी तथा युवाहरुमाझ सप्ताहव्यापी विभिन्न कार्यक्रम संचालन गरेर ‘ग्लोबल मनी विक २०२५’ सम्पन्न गरेको छ।

Tata
GBIME

सातै प्रदेशमा रहेका बैंकको शाखाहरुले यस अवसरमा विद्यार्थी तथा युवाहरुलाई वित्तीय साक्षरता अभिवृद्धि अभियानमा सहभागी गराउँदै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम संचालन गरेका थिए।

अभियान अन्तर्गत हप्ताभरीमा संचालन गरेका ८० भन्दा धेरै कार्यक्रमहरुबाट मुलुकभरका ४ हजार ५०० भन्दा धेरै विद्यार्थी तथा युवाहरु लाभान्वित भएको बैंकले जनाएको छ।

तुलनात्मक रुपमा वित्तीय साक्षरता कम भएका बाजुरा, रूकुम, कालिकोट, जुम्ला, जाजरकोट, दार्चुला जस्ता जिल्लाका बैंक शाखाहरुले पनि यस अभियान अन्तर्गत वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रमहरु संचालन गरेका थिए।

त्यसैगरी, यस बैंकले राष्ट्र बैंकको यस अभियान अन्तर्गत वित्तीय साक्षरता अभिवृद्धि गर्ने खालका सामग्री समेत निर्माण गरि प्रकाशन पनि गरेको थियो।

आयोजना गरिएको विविध कार्यक्रम तथा अन्य सामग्रीहरुबाट बालबालिका, विद्यार्थीहरु तथा युवामाझ वित्तीय साक्षरता, जनचेतना, वित्तीय ज्ञान, सीप वृद्धिमा सहयोग पुगेको बैंकको विश्वास छ।