एनआइएमबीले घोषणा गर्‍यो ‘भिसा स्पेन्ड एन्ड विन दशैं क्याम्पेन’का विजेताहरु

बिजमाण्डू
२०८१ चैत्र ८ गते १५:५१ | Mar 21, 2025
एनआइएमबीले घोषणा गर्‍यो ‘भिसा स्पेन्ड एन्ड विन दशैं क्याम्पेन’का विजेताहरु

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआइएमबी) ले ‘भिसा स्पेन्ड एन्ड विन दशैं क्याम्पेन’ अन्तर्गत विजेताहरू घोषणा गरेको छ।

Tata
GBIME

यो कार्यक्रम चाडपर्वको अवसरमा सेप्टेम्बर १७, २०२४ देखि अक्टोबर ३१, २०२४ सम्म भिसा कार्ड प्रयोग गरि कारोबार गर्ने ग्राहकहरूलाई पुरस्कृत गर्ने उद्देश्यले संचालन गरिएको थियो।

यो कार्यक्रम अन्तर्गत नेपालभरका २५ विजेताहरू मध्ये ६ जना एनआइएमबीका ग्राहकहरू विजयी भएका छन्। कूल विजेताहरूको २४ प्रतिशत एनआइएमबीका ग्राहकहरू रहेको तथ्यले नेपालमा डिजिटल कारोबार प्रवर्धनमा बैंकको योगदानलाई स्पष्ट पारेक बैंकले जनाएको छ।

एनआइएमबीका विजेताहरूमा मनोज मोहन प्रधान, निशेष ढुंगाना, विना चलिसे, टिकाराम शर्मा, सरोज प्रसाद प्रधान र मीना कार्की छन्।

चाडपर्वको अवसरमा भिसाले नेपालमा भिसा डेबिट, प्रिपेड तथा क्रेडिट कार्डहरूको प्रयोग प्रवर्धन गर्ने उद्देश्यले सो कार्यक्रम ल्याएको थियो। यस अभियानअन्तर्गत विजेताहरूलाई दुई जनाका लागि अन्तर्राष्ट्रिय गन्तव्यको विशेष राउण्ड ट्रिप हवाई टिकट प्रदान गरिनेछ।