
काठमाडौं । सेयर बजार अहिले साढे ४५ खर्ब रुपैयाँको पुँजीकरणमा पुगेको छ। कोभिड-१९ महामारीपछि बजारले उच्चतम बिन्दु छोए पनि, पछिल्लो लामो समयदेखि बजार निरन्तर ओरालो लाग्दो अवस्थामा छ।
किन यस्तो भइरहेको छ? कहिले राष्ट्र बैंकको निर्णयले प्रभावित हुन्छ त कहिले सत्ता समीकरणको परिवर्तनले।
हाम्रो सूचक कहिलेकाहीँ स-साना राजनीतिक घटनाक्रमदेखि प्रभावित हुन्छ।
बिजमाण्डू डिस्कोर्सको आजको श्रृंखलामा हामी सेयर बजारका विविध पक्षहरूबारे छलफल गर्नेछौँ:
- बजारको वर्तमान अवस्था र चुनौतीहरू
- सधैँ सूचक बढिरहनु पर्छ भन्ने मान्यता र यसको वास्तविकता
- केही व्यक्ति र समूहले बजारलाई ‘स्क्याम’ जस्तो बनाउने प्रवृत्ति
- दोस्रो स्टक एक्सचेञ्ज खोल्ने तयारी र यसको आवश्यकता
यी सबै विषयमा विश्लेषण गर्न हामीसँग आज दुई जना विशेषज्ञ अतिथिहरू हुनुहुन्छ – उदीयमान लगानीकर्ता सन्तोषराज नेपाल र स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष भरत रानाभाट।
दुवैजनाले अहिले नेपाली सेयर बजारमा संगठित समूह हाबी हुँदै गएको र त्यसको प्रत्यक्ष असर कम्पनीहरुको सेयर मूल्यमा परेको बताए।
हेर्नुस सेयर बजारबारेको छलफल