चैत महिनाका लागि अधिकांश बैंकहरुको ब्याजदर यथावत, कुन बैंकको कति ?

बिजमाण्डू
२०८१ फागुन २९ गते ११:१३ | Mar 13, 2025
चैत महिनाका लागि अधिकांश बैंकहरुको ब्याजदर यथावत, कुन बैंकको कति ?


काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले चैत महिनाका लागि मुद्दतीको ब्याजदर यथावत राखेका छन्। फागुन महिनाको तुलनामा चैत १ गतेदेखि लागू हुने ब्याजदर यथावत राखिएको हो।

Tata
GBIME
NLIC

चैतका लागि १८ वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको अधिकतम ब्याजदर यथावत राखेका छन्।

हिमालयन र नेपाल बैंकले भने ब्याजदर घटाएका छन्। हिमालयन बैंकले ब्याजदर ६.२५ प्रतिशतबाट ५.५० प्रतिशत घटाएको छ भने नेपाल बैंकले ५.६० प्रतिशतबाट ५.५५ प्रतिशतमा झारेको छ।

चैतका लागि एनआईसी एसिया बैंकको ब्याजदर सबैभन्दा धेरै ६.६ प्रतिशत छ भने नेपाल बैंकको सबैभन्दा कम छ। नेपाल बैंकले फागुनका लागि ५.५० प्रतिशत ब्याजदर कायम गरेको छ।

आर्थिक गतिविधि बढ्न नसकेर कर्जाको माग नभएपछि गत वर्षको असाजदेखि नै बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै आइरहेका छन्।

कुन बैंकको ब्याजदर कति ?

बैंकमाघफागुनचैत
नबिल५.७५५.७५५.७५
नेपाल इन्भेष्टमेन्ट मेगा६.५६.५६.५
माछापुच्छ्रे
हिमालयन६.२५६.२५५.५०
नेपाल एसबिआई५.५५.५५.५
एभरेष्ट
एनआईसी एसिया६.६६.६६.६
स्ट्यान्डर्ड चार्टर्ड६.२५६.२५६.२५
लक्ष्मी सनराइज५.७५५.७५५.७५
कुमारी५.८१५.८१५.८१
सिद्धार्थ
सानिमा६.०५६.०५६.०५
एनएमबि६.६६.६६.६
प्रभु६.१६.१६.१
ग्लोबल आइएमई५.७५
सिटिजन५.६५५.६५५.६५
प्राइम कमर्सियल६.२५६.२५६.२५
कृषि विकास५.५१५.५१५.५१
नेपाल बैंक५.६५.६५.५
राष्ट्रिय वाणिज्य बैंक
स्रोत: बैंक तथा वित्तीय संस्थाहरुको सार्वजनिक गरेको विवरण (प्रतिशतमा)