रेमिटेन्स वृद्धिदर ७.३ प्रतिशत, माघमा भित्रियो १.३७ खर्ब, सात महिनामा बाहिरिए ४.६५ लाख युवा

बिजमाण्डू
२०८१ फागुन २६ गते १७:२९ | Mar 10, 2025
रेमिटेन्स वृद्धिदर ७.३ प्रतिशत, माघमा भित्रियो १.३७ खर्ब, सात महिनामा बाहिरिए ४.६५ लाख युवा


काठमाडौं। चालु आर्थिक वर्ष माघमा १ खर्ब ३७ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरण अनुसार यो वर्ष सात महिनामा ९ खर्ब ५८ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ।

Tata
GBIME
NLIC

रेमिटेन्स पोहोरको तुलनामा ७.३ प्रतिशतले बढेको छ।रेमिटेन्सको वृद्धिदर भने पोहोरभन्दा कम हो। पोहोर ७ महिनामा रेमिटेन्सको वृद्धिदर १८.८ प्रतिशत थियो।

वैदेशिक रोजगारीमा जानेको संख्या बढेपनि रेमिटेन्सको वृद्धिदर भने घटेको हो। यसपालि सात महिनामा ४ लाख ६५ हजार ५०८ जना वैदेशिक रोजगारीमा गएका छन्।

२ लाख ७४ हजार ६२२ जना अन्तिम श्रम स्वीकृति र १ लाख ९० हजार ८८६ जना पुनः श्रम स्वीकृति लिएर विदेशिएका हुन्।

पोहोर ७ महिनामा अन्तिम श्रम स्वीकृति लिनेको संख्या २ लाख ४५ हजार ४३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ५७ हजार ४५ थियो।

यो वर्ष साउनमा १ खर्ब ३६ अर्ब ९३ करोड, भदौमा १ खर्ब २६ अर्ब, असोजमा १ खर्ब ४४ अर्ब, कात्तिकमा १ खर्ब १४ अर्ब, मंसिरमा १ खर्ब १९ अर्ब र पुसमा १ खर्ब १९ रुपैयाँ रेमिटेन्स भित्रिएको तथ्यांक छ।