बीमा प्राधिकरणका अध्यक्ष ओझाको नियुक्तिविरुद्ध अख्तियारमा उजुरी, कारबाही गर्न माग

बिजमाण्डू
२०८१ फागुन २५ गते १६:०९ | Mar 9, 2025
बीमा प्राधिकरणका अध्यक्ष ओझाको नियुक्तिविरुद्ध अख्तियारमा उजुरी, कारबाही गर्न माग
अर्थमन्त्रीसामु शपथ लिंदै बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा। फाइल तस्वीर

काठमाडौं। नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

Tata
GBIME

अनुभव सम्बन्धमा झुटा विवरण र कागजात बुझाएर सरकारलाई ढाँटेको भन्दै ओझाविरुद्ध आइतबार अख्तियारमा उजुरी परेको हो।

उजुरीमा ओझाले बुझाएका कागजात छानबिन गरी कारबाही गर्न माग गरिएको छ। ओझाले सरकारलाई गुमराहमा राखेको आरोप लगाइएको छ। पत्रकार ओझाले नियुक्ति लिनुअघि प्रबन्धकको रुपमा काम गरेको अनुभवसहितको कागजात पेस गरेका थिए।

उजुरीमा सिफारिस समितिका पदाधिकारीविरुद्ध समेत कारबाहीको माग गरिएको छ।

‘अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी नियुक्ति सम्बन्धी मापदण्ड २०७३ को पहिलो संशोधनलाई योजनावद्ध रुपमा मन्त्रालयको वेभसाइटबाट हटाइ त्यसमा रहेको ३५ वर्ष नाघेको हुनुपर्ने व्यवस्थालाई ३० वर्ष नाघेको हुनुपर्ने व्यवस्था राखेर किन दरखास्त मागियो?,’ उजुरीमा प्रश्न गरिएको छ।

उजुरीकर्ता दिपेन्द्र बोहराले समितिमा संयोजकको रुपमा काम गरेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, अर्थसचिव, विज्ञ सदस्य ज्योतिन्द्र ओझा र मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखाका अधिकारीहरुलाई कारबाही गर्न माग गरेका छन्। उनीहरुमाथि जालसाजीमा कारबाहीको माग गरिएको हो।्

मन्त्रिपरिषद्को फागुन १२ गतेको बैठकले ओझालाई प्राधिकरणको अध्यक्ष नियुक्त गरेको थियो।