संस्थागत लगानीकर्ता मुद्दती निक्षेपको पैसा सिफ्ट गर्दै, ब्याजदर घटेपछि सेयरबाट कमाउने दाउमा

सुनिल कुँवर
२०८१ फागुन ११ गते १८:१७ | Feb 23, 2025
संस्थागत लगानीकर्ता मुद्दती निक्षेपको पैसा सिफ्ट गर्दै, ब्याजदर घटेपछि सेयरबाट कमाउने दाउमा


काठमाडौं। संस्थागत लगानीकर्ताले मुद्दती निक्षेपको ब्याजदरमा निरन्तरको गिरावटले आम्दानी नै प्रभावित भएपछि लगानी सिफ्ट गर्न थालेका छन्। उनीहरुले सेयर बजारमा लगानी बढाउन थालेका छन्।

Tata
GBIME
NLIC

सेयर बजार परिसूचक आइतबार ११.६६ अंकले बढ्दा ११ अर्ब ५४ करोड ८३ लाख रुपैयाँको करोबार भयो।

नेप्से फागुन १ गते २६७८ विन्दुमा रहेकामा त्यसयता ७७ अंकले बढेर २७५५.४० अंकमा पुगेको छ। नेप्से २७०० विन्दुबाट उकालो लाग्न थालेपछि कारोबार रकम बढ्दै गएको हो।

माघ २० गते पाँच महिनापछि १२ अर्ब ९५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। त्यसयता दैनिक ७ अर्ब रुपैयाँभन्दा बढीको सेयर किनबेच भइरहेको छ।

बैंक तथा वित्तीय संस्थाको ब्याजदर न्यून भएका कारण मुद्दतीको लगानी सेयर बजारतिर ‘डाइभर्ट’ हुँदा कारोबार रकममा उत्साह देखिएको जानकारहरु बताउँछन्।

‘कर्जाको माग बढ्न नसकेर बैंकहरुले मुद्दती निक्षेप लिन अस्वीकार गरिरहेका छन्। मानिसले लगानीको उपकरण खोज्छन्। बैंकको कम ब्याजदरका कारण लगानी अहिले सेयर बजारतिर आइरहेको छ,’ एक मर्चेन्ट बैंकरले भने।

बैंकहरुको ब्याजदर निरन्तर ओरालो लागिरहेको छ। कर्जाको ब्याजदर साढे तीन वर्षयताकै तल्लो विन्दुमा छ। बैंकहरुले ऋण लगानी बढ्न नसक्दा उच्च लागतका कारण मुद्दती निक्षेपको ब्याजदर घटाइरहेका छन्।

ब्याजदर न्यून विन्दुमा आएपछि मुद्दतीको रकम बजारतिर लगानी हुन थालेको हो। बैंकहरुसँग लगानीयोग्य रकम फालाफाल छ। उनीहरुले नयाँ ऋण विस्तार गर्न सकिरहेका छैनन्। लगानी गरेको रकम उठ्न नसक्दा खराब कर्जा बढ्दो छ।

गत असारमा सत्ता पलटपछि सेयर बजार डेढ महिनामै उच्च अंकले बढेर ३००० विन्दुमा पुग्दा साउन ३१ गते २९ अर्ब ९५ करोड रुपैयाँको कीर्तिमानी कारोबार भएको थियो। भदौपछि बियरिस ट्रेर्न्ड सुरु हुँदा नेप्से असोज १३ गते २४६४ विन्दुसम्म झरेको थियो।

६ महिनायता २७००-२४०० अंकमा घुमेको बजार पछिल्लो सातादेखि बुलिस देखिएको छ। स्टक ब्रोकर्स एसोसियसनका पूर्वअध्यक्ष धर्मराज सापकोटा सूचक अनुकूल भएकाले त्यसको प्रभाव बजारमा देखिएको बताउँछन्।

‘सेयर बजारका लागि चाहिने आधारभूत सूचक अनुकूल छन्। बजार घट्नु पर्ने कारण देखिंदैन। ब्याजदर घटेको छ। ब्याजदर घटेपछि तरलता बजार आउँछ र त्यसले सकारात्मक भूमिका खेल्छ। अहिले कारोबार रकम र नेप्से सूचकमा त्यसकै प्रभाव देखिएको हो,’ उनले  भने, ‘ब्याजदरमा गिरावटले अहिले मुद्दतीको पैसा बजारमा आउन थालेको छ। यसले पनि कारोबारको भोलुम बढ्न थालेको हो।’    

पछिल्लो चार वर्षको वाणिज्य बैंकको कर्जाको औसत ब्याजदर र नेप्से परिसूचक

आर्थिक वर्ष २०७८/७९कर्जाको औसत ब्याजदर %नेप्से सूचक
साउन८.४८३१६०
भदौ८.५७३१९८
असोज८.६९२६५७
कात्तिक९.०२२७८५
मंसिर९.२९२४१५
पुस९.४४२८५८
माघ१०.३१२८०२
फागुन१०.६२६६८
चैत१०.७८२४१५
वैशाख११.४२२३५०
जेठ११.५४१९९६
असार११.६२२०१०
आर्थिक वर्ष २०७९/८०
साउन११.९४२०४१
भदौ१२.०६१९१०
असोज१२.१९१८५८
कात्तिक१२.६५१९११
मंसिर१२.७४१८८३
पुस१२.७९२१४९
माघ१३.०३२१२२
फागुन१३.०३१९५३
चैत१२.८४१९३४
वैशाख१२.६५१८२२
जेठ१२.५३२०४२
असार१२.३२०९७
आर्थिक वर्ष २०८०/८१
साउन१२.२४२०३३
भदौ१२.२३१९६५
असोज१२.१११८६५
कात्तिक११.९६१८५२
मंसिर११.८५१८८३
पुस११.३८२१२१
माघ११.०८२१०१
फागुन१०.७८२१०९
चैत१०.५५२०२६
वैशाख१०.३४१९६६
जेठ१०.१५२११२
असार९.९३२२४०
आर्थिक वर्ष २०८१/८२
साउन९.९३३०००
भदौ९.५२२५८०
असोज९.३३२७४२
कात्तिक९.०७२७४८
मंसिर८.९२६८२
पुस८.६९२५९४
माघ२६८५
फागुन (११ गते)२७५५

नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीति समीक्षाको तयारीमा छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन डेढ महिना बाँकी छ। मौद्रिक नीतिको समीक्षामार्फत लचकता अपनाइने विश्वास र अधिकारीको सन्निकट बहिर्गमनले लगानीकर्ताको मनोबल बढाएको कतिपयको बुझाइ छ।

‘कार्यकाल सकिन लागेका गभर्नरले जाँदाजाँदै मौद्रक नीतिमा लचकता अपनाउने विश्वास छ। त्यही भएर पनि बजारमा लगानी बढ्न थालेको हो,’ एक लगानीकर्ताले भने।

प्रभु क्यापिटलका साैगात पन्तले मुद्दती निक्षेपको रकम सेयर बजारमा बढ्न थालेको बताए। ‘इन्स्योरेन्स कम्पनी र म्युचुअल फण्डकै लगानी अहिले सेयर बजारतिर केन्द्रित भएकाे छ। घटेको ब्याजदरमा मुद्दतीमा पैसा राख्नुभन्दा सेयर बजारबाट कमाउन सकिने विश्वासमा अहिले संस्थागत लगानीकर्ताले लगानी बढाएको अवस्था छ,’ पन्तले भने।

कर्जाको माग बढाउन राष्ट्र बैंकले सेयर धितोमा गरेको कडाइ खुकुलो बनाउँदै लगेको छ। तर, व्यक्तिगत कर्जाका लागि १५ करोड रुपैयाँको सीमा हटाएको छैन।

सेयर धितो कर्जाको माग बढ्न थालेको छ। यो वर्ष ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले २३ अर्ब ६८ करोड ३५ लाख रुपैयाँ सेयर धितो कर्जा लगानी गरेका छन्।

बैंकहरुले गत असारको तुलनामा सेयर धितोमा लगानी गरेको रकम २६.३ प्रतिशतले धेरै हो। असार मसान्तसम्म ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ सेयर धितोमा ऋण लगानी गरेका बैंकहरुले पुससम्म १ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ पुर्‍याएका छन्।