क्यानको कर्मचारी युनियन माओवादी निकट संगठनको पोल्टामा, सुभाष ८ मतले विजयी

बिजमाण्डू
२०८१ फागुन ११ गते १५:५६ | Feb 23, 2025
क्यानको कर्मचारी युनियन माओवादी निकट संगठनको पोल्टामा, सुभाष ८ मतले विजयी


काठमाडौं। नेपाल नागरिक उडडयन प्राधिकरणको कर्मचारी ट्रेड युनियनमा माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठन विजयी भएको छ। इन्जिनियर सुभाष कोइराला नेतृत्वको प्यानल नै निर्वाचित भएको हो।

Tata
GBIME
NLIC

कर्मचारी युनियनको नेतृत्वका लागि पाँच वटा प्यानलले प्रतिस्पर्धा गरेका थिए। अध्यक्षमा कोइरालाले २०२ मत ल्याए। उनले अब २ वर्ष युनियनको नेतृत्व गर्नेछन्।

शुक्रबार भएको निर्वाचनमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक कर्मचारी संघका उम्मेदवार गणेशप्रसाद भुसालले १९४, नेकपा एमाले निकट कर्मचारी संगठनका उम्मेदवार मीनप्रसाद खनालले १५३, मधेश तराई कर्मचारी युनियनका उम्मेदवार अनिल गुप्ताले २२ र कर्मचारी एकता मञ्चका रतन दासले ५ मत प्राप्त गरे।