निसान म्याग्नाइटको फेसलिफ्ट संस्करण नेपालमा सार्वजनिक, मूल्य ३४.७५ लाखबाट सुरु

बिजमाण्डू
२०८१ फागुन ९ गते १८:१५ | Feb 21, 2025
निसान म्याग्नाइटको फेसलिफ्ट संस्करण नेपालमा सार्वजनिक, मूल्य ३४.७५ लाखबाट सुरु


काठमाडौं। नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले निसान म्याग्नाइटको नयाँ फेसलिफ्ट संस्करण सार्वजनिक गरेको छ।

Tata
GBIME
NLIC

निसान म्याग्नाइटको नयाँ फेसलिफ्ट शुक्रबार थापाथलीस्थित निसानको सोरुममा सार्वजनिक गरिएको हो। यो नयाँ म्याग्नाइटको मूल्य ३४.७५ लाख रुपैयाँदेखि सुरू हुन्छ।

नयाँ म्याग्नाइट अझ ‘बोल्डर’ डिजाइन, उत्कृष्ट सुरक्षा विशेषताहरू र अत्याधुनिक प्रविधिसहित आएको छ। म्याग्नाइट लाइनअप चारवटा ‘रिफ्रेस्ड’ भेरियन्टहरूमा उपलब्ध छ, जसमा ‘भिजिया’, ‘एक्सेन्टा’, ‘एन-कनेक्टा’, र ‘टेक्ना-प्लस’ छन्।

शीर्ष भेरियन्टको मूल्य ५२.९९ लाख रुपैयाँसम्म पर्छ भने भिजिया र एक्सेन्टाको मूल्य यथावत् राखिएको छ। यी भेरियन्टहरूमा नयाँ म्याग्नाइटको जम्मा १३ प्रकारका ‘कन्फिगरेसन’हरू उपलब्ध छन्। जसमा ‘टर्बो-पेट्रोल’ र ‘नेचुरल्ली एस्पिरेटेड इञ्जिन’सहित म्यानुअल र अटोमेटिक ट्रान्समिसनका विकल्पमा उपलब्ध छन्।

कार्यक्रममा पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा, पायोनियर मोटोकर्पका निर्देशक गौरव शारडा, पायोनियर मोटोकर्पका ग्रुप अध्यक्ष धिरेन तामाङ, पायोनियर मोटोकर्पका महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्द तथा पायोनियर मोटोकर्पका सिनियर म्यानेजर राजकुमार ढकाल उपस्थित थिए।

नयाँ निसान म्याग्नाइट फेसलिफ्टले ४० भन्दा बढी स्ट्यान्डर्ड सुरक्षा विशेषताहरू र कुल ५५ सुरक्षा सुधारहरूसहित सुरक्षाको नयाँ मापदण्ड स्थापित गरेको कम्पनीले जनाएको छ। यसको ‘हाइ-टेन्साइल स्टिल केज बडी’ र ‘इम्प्याक्ट-अबजोर्विङ कम्पोनेन्ट’हरूले उत्कृष्ट सुरक्षा प्रदान गर्दछ।

यसमा ६ वटा एयरब्याग उपलब्ध छन्, जुन सबै भेरियन्टहरूमा स्ट्यान्डर्ड रूपमा समावेश गरिएको छ। साथै, ‘३-पोइन्ट सिटबेल्ट’ र सबै सिटका लागि ‘सिटबेल्ट-रिमाइन्डर’ प्रणाली जोडिएको छ।

यो गाडीमा ‘बिगर एन्ड बोल्डर’ डुअल-टोन ग्रिल, ‘फ्लोटिङ स्किड प्लेट’, र श्रेणी-उत्कृष्ट ‘थ्रिडि हनिकम्ब ग्रेडियन्ट इफेक्ट’सहितको ‘एलईडी टेल ल्याम्प’ छ।

यसमा विशेष ३६० लेदर-प्याक समावेश छ, जसमा ‘लेदरेटले मोडिएको ड्यासबोर्ड’, लेदरेट सिटहरू, साथै ढोका, पार्किङ ब्रेक लिभर, स्टेयरिङ र अगाडिको आर्मरेस्टमा लेदरेट ट्रिमहरू रहेका छन्।

यसमा १९ लिटरको क्याबिन स्टोरेज, ६०:४० रियर सिट स्प्लिटसहित विस्तार गर्न सकिने ‘बुट स्पेस’, आर्मरेस्ट स्टोरेज, र कपहोल्डहरू सबै भेरियन्टमा स्ट्यान्डर्ड रूपमा उपलब्ध छन्।

ठूलो ‘इलेक्ट्रोनिक बेजल-लेस अटोडिमिङ आइआरभिएम’ भएको यो गाडीमा ‘कन्टिन्युअस मल्टि-कलर एम्बिएन्ट लाइटिङ’ र इन्टेरियरमा सफा हावा प्रवाह गर्ने श्रेणी-उत्कृष्ट ‘प्लाज्मा क्लस्टर आयोनाइजर’ छ। ‘आर्कमिज’को थ्रिडि साउन्ड सिस्टमले उत्कृष्ट अडियो अनुभव प्रदान गर्छ भने ६० मिटर दायरा भएको ‘रिमोट इन्जिन स्टार्ट’ले थप सहजता सुनिश्चित गर्दछ।

यो गाडीमा रहेको ‘प्रिमियम इन्टेलिजेन्ट कि (आइ-कि)ले गाडी छोडेर हिड्दा स्वत: लक हुने र नजिकिँदा अनलक हुन्छ। साथै, स्वचालित हेडल्याम्पजस्ता विशेषताहरूले गाडीलाई अझ आधुनिक र आकर्षक बनाएको छ।