
काठमाडौं । मोरिस ग्यारेज (एमजी) को नयाँ गाडी एमजी एस५ को एमआरपी मूल्य सार्वजनिक भएको छ।
एमजी गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले उक्त गाडी भन्सार छुटाउनको लागि अधिकतम खुद्रा मूल्य सार्वजनिक गरेको हो।
कम्पनीले सार्वजनिक गरेको मूल्य अनुसार एमजी एस५ को मूल्य भेरियन्ट अनुसार तोकिएको छ। जसमा ४५ किलोवाट आवर(युनिट) ब्याट्री क्षमताको कम्फर्ट भेरियन्टको एमआरपी मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
यस्तै यही ब्याट्री प्याक भएको लक्जरी भेरियन्टको ५२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
यसैगरी, ६२ किलोवाट आवर क्षमताको ब्याट्री प्याक भएको एमजी एस५ लक्जरीको ५७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
यी दुवै गाडीमा ९९ किलोवाट क्षमताको मोटर पावर प्रदान गरिएको छ। यो गाडी हिजो मात्रै तातोपानी भन्सार नाकामा आएको थियो। आज उक्त गाडी भन्सार छुटाउनका लागि एमआरपी मूल्य तोकिएको हो।
बिक्री मूल्य भने हाल सार्वजनिक मूल्य नै हुन्छ भन्ने चाहिँ हुँदैछ। त्यसमा केही थपघट हुन सक्छ।