सेयर बजारबाट सरकारलाई ७ महिनामा १० अर्ब ८३ करोड पुँजीगत लाभकर, कुन महिना कति?

बिजमाण्डू
२०८१ फागुन ५ गते १५:२५ | Feb 17, 2025
सेयर बजारबाट सरकारलाई ७ महिनामा १० अर्ब ८३ करोड पुँजीगत लाभकर, कुन महिना कति?


काठमाडौं। सरकारले सेयर बजारबाट चालु आर्थिक वर्ष ७ महिनामा १० अर्ब ८३ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ। यो आम्दानी गत वर्षको सोही अवधिको तुलनामा चार गुणा हो।

Tata
GBIME
NLIC

सेयर बजारबाट सरकारले पोहोर ७ महिनामा २ अर्ब ८६ करोड ५६ लााख रुपैयाँ आम्दानी गरेको थियो। यसपालि आर्थिक वर्षको सुरुमै बजार उकालो लागेकाले पुँजीगत लाभकर वृद्धि भएको हो।

सेयर बजारबाट पछिल्लो चार वर्षको ७ महिनामा सरकारले प्राप्त गरेको पुँजीगत लाभकर रु लाखमा

महिना२०७८/७९२०७९/८०२०८०/८१२०८१/८२
साउन३२४६९४२०६४००८४२३७८
भदौ२६१८६१६२६१४००२५७९४
असोज५४९७५४४२१९५५८६५
कात्तिक५८७३९८१८४१७५८७
मंसिर५२८७१५२४३०५३१०४००
पुस५३७३३४७३७४३९५८००
माघ८०५४३४६४९७२०१०५७०
स्रोत: सीडीएस एण्ड क्लियरिङ

पोहोर माघको तुलनामा यस वर्ष सोही अवधिमा पुँजीगत लाभकर ८.०४ प्रतिशतले बढेको छ। यस वर्ष माघमा सेयर बजारबाट सरकारले १ अर्ब ५ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्ष माघमा ९७ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो।

सरकारले यस वर्ष साउनमा ४ अर्ब २३ करोड, भदौमा २ अर्ब ५७ करोड, असोजमा ५८ करोड ६५ लाख, कात्तिकमा ७५ करोड ८७ लाख, मंसिरमा १ अर्ब ४ करोड र पुसमा ५८ करोड रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको छ।