नागरिक लगानी कोष र एल.सी.इनर्जी लिमिटेडबीच सेयर प्रत्याभूतिबारे सम्झौता

बिजमाण्डू
२०८१ फागुन ५ गते १४:५३ | Feb 17, 2025
नागरिक लगानी कोष र एल.सी.इनर्जी लिमिटेडबीच सेयर प्रत्याभूतिबारे सम्झौता


काठमाडौं । नागरिक लगानी कोष र एल.सी.इनर्जी लिमिटेडबीच सेयर प्रत्याभूतिबारे सम्झौता भएको छ।

Tata
GBIME
NLIC

सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र एल.सी.इनर्जीका प्रबन्ध संचालक विश्व श्रेष्ठले हस्ताक्षर गरेका छन्।

एल.सी.इनर्जीले प्रति सेयर एक सय रुपैयाँका दरले ६ लाख कित्ता बापतको ६ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको छ।

सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने जनाइएको छ।