गार्डियन माइक्रो लाइफको आइपीओ नेप्सेमा सूचीकृत, पहिलो कारोबार मूल्य ३०१.०२ रुपैयाँसम्म

बिजमाण्डू
२०८१ माघ २४ गते १८:१६ | Feb 6, 2025
गार्डियन माइक्रो लाइफको आइपीओ नेप्सेमा सूचीकृत, पहिलो कारोबार मूल्य ३०१.०२ रुपैयाँसम्म


काठमाडौं। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ नेप्सेमा सूचीकृत भएको छ। नेप्से र इन्स्योरेन्सबी‍च बिहीबार ७५ लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता भएको हो।

Tata
GBIME
NLIC

इन्स्योरेन्सले सर्वसाधारणमा (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरुका लागि समेत) २२ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो। बाँकी ५२ लाख ५० हजार कित्ता सेयर संस्थापक हो।

कम्पनीले पहिलो सेयर कारोबारका लागि १००.३४ देखि ३०१.०२ रुपैयाँ पाएको छ। इन्स्योरेन्सको सेयर आइतबारदेखि दोस्रो बजारमा खरिद बिक्रीमा आउनेछ।