
काठमाडौं। नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी नियुक्त भएका छन्।
पदपूर्ति समितिको बुधबारको निर्णय अनुसार सुवेदी कार्यकारी निर्देशकमा नियुक्त भएका हुन्।कार्यक्षमता मूल्याङ्कनको बढुवामा सुवेदी सिफारिस भएका हुन्।
कार्यकारी निर्देशक राजुरमण पौडेलले गत जेठमा अनिवार्य अवकाश पाएपछि पद रिक्त थियो। कार्यकारी निर्देशकमा कमलराज रेग्मी, सुशीलदेव सुवेदी र पूजन ढुंगेल प्रतिस्पर्धामा थिए। कार्यक्षमता र ज्येष्ठता समेतका आधारमा सुवेदी नियक्त भएका हुन्।
सुवेदी अहिले प्राधिकरणको सुपरिवेक्षण महाशाखा प्रमुख थिए।