
काठमाडौं। सामसङले आफ्ना फ्ल्यागसीप स्मार्टफोनहरुको मूल्य २५ हजार रुपैयाँसम्म घटाएको छ। सामसङले ग्यालेक्सी जेड फोल्ड ६, ग्यालेक्सी जेड फ्लिप ६ र ग्यालेक्सी एस २४ अल्ट्रा (१२ जीबी र्याम, २५६ जीबी स्टोरेज)को मूल्य घटाएको हो।
सामसङले एस२५ सिरिज सार्वजनिक गरिसकेको छ। नेपालमा पनि केही समयभित्रै नयाँ सिरिज भित्र्याउने तयारीमा सामसङ छ।
कम्पनीले ग्यालेक्सी जेड फोल्ड ६ किन्दा ५ हजार ५ सय रुपैयाँ मूल्य पर्ने क्लियर केस र ग्यालेक्सी जेड फ्लिप ६ किन्दा सोही मूल्य बराबरको सिलिकन केस निःशुल्क दिने जनाएको छ।

साथै, देशभर रहेका आधिकारिक सामसङ स्टोरमा उपलब्ध सामसङ इनस्टा फाइनान्स सेवा लिएर ग्यालेक्सी जेड सिरिजका स्मार्टफोनहरूलाई १८ महिनासम्म र ग्यालेक्सी एस २४ अल्ट्रालाई १२ महिनासम्मको अवधि भित्र ०% ब्याज दरमा सजिलो किस्दाबन्दी सुविधा लिन सक्ने बताइएको छ। जसका लागि केबल नागरिकताको प्रमाणपत्र आवश्यक पर्ने कम्पनीले जनाएको छ।