अर्थतन्त्रको बिग्रंदो तस्वीर बैंकहरुको वासलातमा झल्कियो, १९ को खराब कर्जा बढ्यो, प्रतिफल क्षमता ऋणात्मक

आकाश बोगटी
२०८१ माघ ७ गते १२:२२ | Jan 20, 2025
अर्थतन्त्रको बिग्रंदो तस्वीर बैंकहरुको वासलातमा झल्कियो, १९ को खराब कर्जा बढ्यो, प्रतिफल क्षमता ऋणात्मक

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले आइतबार पत्रकारहरुलाई बोलाएर देशको आर्थिक अवस्था सुधार गरेको दाबी गरे। उनले आफूले जिम्मेवारी सम्हाल्दा अर्थतन्त्र खराब अवस्थामा रहेकामा अहिले सबै सूचक सकारात्मक रहेको सुनाए।

Tata
GBIME
NLIC

तर बैंकहरुले वित्तीय विवरण उनको दाबीविपरीत आएको छ। चालु वर्षको ६ महिनामा आइपुग्दा बैंकहरुको सबैजसो सूचक बिग्रिएको छ। देशको आर्थिक अवस्था सुधार हुन नसकेको बरु बिग्रिएको बैंकहरुको दोस्रो त्रैमासको विवरणले छर्लंग पारेको छ।

आर्थिक गतिविधिमा सुधार नभएका कारण बैंकहरुको खराब कर्जा बढ्न पुगेको छ भने नाफा यो वर्ष पहिलो पटक खुम्चिन पुगेको छ। ७ वटा वाणिज्य बैंक प्रतिफल वितरण गर्न नसक्ने अवस्थामा छन्। उनीहरुको वितरणयोग्य मुनाफा ऋणात्मक देखिएको छ।

वाणिज्य बैंकहरुको औसत खराब कर्जा बढेर साढे ४ प्रतिशत पुगेको छ। पोहोर पहिलो ६ महिनामा बैंकहरुको औसत खराब कर्जा अनुपात ३.४० प्रतिशत रहेकामा यसपालि पुस मसान्तमा आइपुग्दा १.०८ प्रतिशत विन्दुले थपिएको छ।

एभरेष्ट बैंक खराब कर्जा घटाउन सफल भएको छ। बाँकी १९ बैंकहरुको खराब कर्जा बढेको छ। कुमारी बैंकको खराब कर्जा सबैभन्दा धेरै १.९९ प्रतिशत विन्दुले बढेर ६.६९ प्रतिशत पुगेको छ।

एभरेष्ट बैंकको खराब कर्जा सबैभन्दा कम ०.६६ प्रतिशत छ। पोहोर यसै अवधिमा बैंकको खराब कर्जा ०.७७ प्रतिशत थियो। एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङले असुली अपेक्षाजनक नभएपनि प्रोभिजनिङ घट्दा नाफा बढेको बताए।

खराब कर्जा बढेर कर्जा नोक्सानी बढ्दा अधिकांश बैंकहरुको नाफा प्रभावित भएको छ। बैंकहरुको खुद नाफा ४.६२ प्रतिशतले घटेको हो।

बैंकहरुले २७ अर्ब ४३ करोड खुद नाफा कमाउँदा वितरणयोग्य मुनाफा ३ अर्ब ७९ करोडले ऋणात्मक छ।

प्रभु बैंक, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, एभरेष्ट, हिमालयन, कृषि विकास, नेपाल एसबीआई र माछापुच्छ्रे बैंकले प्रोभिजनिङ घटाएका छन्।

स्टान्डर्ड चाटर्ड र सिटिजन्स बैंकले प्रोभिजनिङ राइट अफ (यसअघि गरेको कर्जा नोक्सानीको पैसा नाफामा फिर्ता ल्याएका)छन्। स्टान्डर्ड चाटर्ड र सिटिजन्स बैंकले प्रोभिजनिङ राइट अफ गर्दा समेत नाफा खुम्चिएको छ।

त्यसैगरी, एनआइसी एसिया, कुमारी, सिद्धार्थ, राष्ट्रिय वाणिज्य, सानिमा, प्राइम कमर्सियल, नबिल, लक्ष्मी सनराइज र ग्लोबल आइएमई बैंकको कर्जा नोक्सानी बढेको छ।

११ वटा बैंकको पुँजीकोष अनुपात घटेको छ। बैंकहरुको औसत पुँजीकोष अनुपात १२.४७ प्रतिशतबाट १२.४ प्रतिशतमा झरेको हो।

नेपाल बैंकका सीइओ तिलकराज पाण्डेय खराब कर्जाका कारण प्रोभिजनिङ बढ्दा नाफा प्रभावित भएको बताउँछन्। ‘अहिले एकातिर बैंकहरुले पुरानो ऋण उठाउन सकिरहेका छैनन्। जसले गर्दा खराब ऋण बढ्न गयो,’ उनले भने, ‘अर्कातिर बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएपनि अपेक्षाजनकरुपमा लगानी बढाउन सकिएको छैन। लगानी नहुँदा निक्षेपको लागत बढेर नाफा प्रभावित भयो।’

बैंक २०८१/८२ दोस्रो त्रैमाससम्मको
नाफा (रु.०००)
२०८०/८१ दोस्रो त्रैमाससम्मको
नाफा (रु.०००)
नाफा फरक (प्रतिशत)प्रोभिजनिङ रकम २०८१/८२
(रु.०००)
प्रोभिजनिङ रकम २०८०/८१
(रु.०००)
खराब कर्जा २०८१/८२
(प्रतिशत)
खराब कर्जा २०८०/८१
(प्रतिशत)
खराब कर्जा फरक
(प्रतिशत)
पुँजीकोष अनुपात २०८१/८२
(प्रतिशत)
पुँजीकोष अनुपात २०८०/८१
(प्रतिशत)
वितरणयोग्य नाफा २०८१/८२
(रु.०००)
एनआईसी एसिया१५१७३०१९०३८०७-९२.०३२३५९६७३४८००३८४.६११.१९०.८९११.६५११.०२-२६५५७७२
प्रभु१३३६१३८७२०३४१८५.४९८१४२२४१२५७७६७५.०६४.९०.१६१२.८४११.८२-३३३१३६४
नेपाल इन्भेष्टमेन्ट मेगा२८३२३२६१८०१९४४५७.१८१७७२५९३२८६७८४६५.८६४.७५०.४७१२.९५१२.७-२८६३५५३
कुमारी२७५७३०८६७२११-६८.२३२७३१४१२७६६०७६६.९६४.९७१.९९११.७२१२.०८-६४७७६९५
ग्लोबल आइएमई३०५३४८९२०४२३२९४९.५१२२०३७४८४१३६०१८४.८६४.६८०.१८१२.५९१२.३७२६४५३४२
एभरेष्ट२०७४७६३१७१३१४८२१.११३४९५९८४३२३४५०.६६०.७७-०.११११.३२१२.५५२७१६७७१
हिमालयन१५१८७७०१५०३९७४०.९८१८४६००१९४७९३६४.९८४.९५०.०३११.५७११.७-३९५०९४५
एनएमबि२००३५४०१३७५९८७४५.६१३४४७६५९५७६०१३.९६२.८६१.११२.६२१२.७३१३३७७४०
नेपाल४६१०१७५९००५१-२१.८७२५२७४४२२०७७२६७४.९९४.५०.४९१२.९५१३.१३६०७१७५
लक्ष्मी सनराइज११६२०७६१०५९२१०९.७११९२९२५५२७३२६०९५.६७४.६७०.३१२.१८१२.६७३६८५२९
सिटिजन्स६६१८२८७८२७८४-१५.४५-१३८५३५४-८५९५०१४.८५४.०७०.७८१३.०२१३.१६१५८१८१
नबिल३२४४२७७३२०३०७९१.२९१३५१००९१९७१७९१४.९३३.८१.१३११.७८११.५४१८९१७३५
प्राइम कमर्सियल
१८६९९५०२१८२९२७-१४.३४८६१५३०२८११११४.९६४.०७०.८९११.६७११.९८१८४१७१५
सानिमा ११९२३११११३८६१४४.७२७६१९५२३०२३६९३.२२१.७२१.५१३.०११३.६४१७९९६३९
कृषि विकास९५७५४९१३५५२७५-२९.३५८५७५०३१०९६५०५४.९३.०२१.८८१३.११३.३२१२२९८७५
नेपाल एसबिआई
९००२८१८४०५४२७.११२३९२२७७४८४२०३.५५२.२९१.२६१२.८७१२.८११२०७०९८
माछापुच्छ्रे८०७३२७८०५३८००.२४२०४७००२३८६००४.४५२.६१.८५१३.२६१३.०६१६६२९०
राष्ट्रिय वाणिज्य७६३०३३२०१५३८८-६२.१४१२४२५०४४३९४६४४.९६३.९५१.०१११.०६१२.२७-१२५९१४५
सिद्धार्थ५३०२२९११३६८२२-५३.३६२२६५१४५११८४०६४४.५२.५६१.९४११.१९११.६८-३६१९४४
स्टान्डर्ड चाटर्ड१६४०६३०१७२६४२८-४.९७-२५०७८१५१३९६१.७११.६०.१११४.६११३.२६११३९०५९
जम्मा२७४३६९९४२८७६५२४१-४.६२२१९०६४७४२५१०९७२२४.४८३.४००.८९१२.४१२.४७-३७९१२६९