मर्जरमा गएका वाणिज्य बैंकहरूले बढाए नाफा, कुनको कति बढ्यो?

बिजमाण्डू
२०८१ माघ ७ गते ०७:३५ | Jan 20, 2025
मर्जरमा गएका वाणिज्य बैंकहरूले बढाए नाफा, कुनको कति बढ्यो?

काठमाडौं। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा अधिकांश वाणिज्य बैंकहरूले मुनाफा बढाएका छन्। आर्थिक गतिविधि बढ्न नसकेर व्यवसाय विस्तार गर्न नसकेका बेला असुलीमा सुधार हुँदा अधिकांश बैंकहरू नाफामा देखिएका हुन्।

Tata
GBIME
NLIC

दोस्रो त्रैमासिक वित्तीय विवरण सार्जनिक गरेका १० वाणिज्य बैंकहरूमध्ये ७ वटा बैंकले नाफा बढाउँदा ३ बैंकको भने खुम्चिएको छ। एनआइसी एशिया, कुमारी र नेपाल बैंकको नाफा खुम्चिएको हो।

प्रभु बैंकको नाफा सबैभन्दा धेरै ८५.४९ प्रतिशतले वृद्धि भएको छ। धेरै नाफा गर्नेमा भने ग्लोबल आइएमई बैंक छ।

आर्थिक गतिविधि सुस्त भएपनि केन्द्रीय बैंकले असुली सुधारका कारण नाफा बढेको बैंकरहरूले बताएका छन्। नयाँ लगानी सुस्त रहेका बेला बैंकहरू असुलीमा केन्द्रित हुँदा नाफा बढेको उनीहरूको भनाइ छ।

कुन बैंकको नाफा कति ?

वाणिज्य बैंकहरू२०८१/०८२ दोस्रो त्रैमाससम्मको
नाफा (रु.000)
२०८०/०८१ दोस्रो त्रैमाससम्मको
नाफा (रु.000)
नाफा फरक (प्रतिशत)
एनआइसी एसिया१५१७३०१९०३८०७-९२.०३
प्रभु१३३६१३८७२०३४१८५.४९
नेपाल इन्भेष्टमेन्ट मेगा२८३२३२६१८०१९४४५७.१८
कुमारी २७५७३०८६७२११-६८.२
ग्लोबल ३०५३४८९२०४२३२९४९.५१
एभरेष्ट२०७४७६३१७१३१४८२१.११
हिमालयन१५१८७७०१५०३९७४०.९८
एनएमबि २००३५४०१३७५९८७४५.६१
नेपाल४६१०१७५९००५१-२१.८७
लक्ष्मी सनराइज११६२०७६१०५९२१०९.७१
स्रोत : बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरण