सुनचाँदीको बढ्यो भाउ, सुन तोलामा ८ सय बढ्दा चाँदी १० रुपैयाँ महँगियो

बिजमाण्डू
२०८१ पुष २५ गते ११:१४ | Jan 9, 2025
सुनचाँदीको बढ्यो भाउ, सुन तोलामा ८ सय बढ्दा चाँदी १० रुपैयाँ महँगियो

काठमाडौं। सुनको मूल्य लगातार बढ्न थालेको छ।अघिल्लो दिनको भन्दा तोलामा ८ सय रुपैयाँ बढ्दै बिहीबार कारोबार मूल्य प्रति तोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME

यसअघि तोलामा ५ सय रुपैयाँ बढ्दा बुधबार प्रति तोला १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। गत आइतबारदेखि मंगलबारसम्म भने कारोबार मूल्य तोलाको १ लाख ५२ हजार रुपैयाँमा स्थिर थियो।

चाँदी अघिल्लो दिनका तुलनामा तोलामा १० रुपैयाँ बढेको छ। बिहीबार कारोबार मूल्य प्रति तोला १ हजार ८ सय ४० रुपैयाँ भएको छ। यसअघि गत आइतबार र सोमबार तोलाको १ हजार ८ सय १० रुपैयाँ रहेको चाँदी २० रुपैयाँ बढेर मंगलबार र बुधबार तोलाको १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य दैनिक बढ्दो क्रममा छ। बुधबार प्रति औंस २६४७.२१ डलरले कारोबार भएकोमा बिहीबार बढेर प्रति औंस २६५९.११ डलर पुगेको छ।

चाँदीमा पनि बढोत्तरी छ। बुधबार प्रति औंस ३०.०४ डलर रहेको चाँदी बिहीबार ३०.१३ डलरले कारोबार भइरहेको छ।