काठमाडौं। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले इटहरी शाखाबाट टाटा म्याजिक बीएस६ सार्वजनिक गरेको छ।
सिप्रदीका पूर्वीय क्षेत्रीय प्रबन्धक सुवास कुमार दास, कोशी विक्रम यातायात प्रालिका अध्यक्ष संजय सिंह, इटहरी यातायात प्रालिका अध्यक्ष महेश घिमिरे लगायतले बुधबार टाटा म्याजिक बीएस६ सार्वजनिक गरेका हुन्।
टाटा म्याजिक बीएस६ सहरी यातायातका लागि उपयुक्त भएको कम्पनीको दाबी छ। विद्यालय यातायातका लागि पनि यो गाडीलाई उत्कृष्ट विकल्पका रूपमा लिइएको छ।
आधुनिक, किफायती र वातावरणमैत्री गाडीले पूर्वी यातायात व्यवसायीको आवश्यकता पूरा गर्न योगदान पुर्याउने कम्पनीको विश्वास छ।
सिप्रदीका प्यासेन्जर भेहिकल्स प्रोडक्ट म्यानेजर इन्द्रमणि पोख्रेलले टाटा म्याजिक बीएस६ सहरी यातायातलाई मात्र नभई, व्यावसायिक गतिविधिका लागि प्रभावकारी भएको बताए।
गाडीमा आधुनिक बीएस६ प्रविधि, ३० एचपी पावर, आरामदायी इन्टेरियर लगायत विशेषता छन्।