कुमारी बैंकले यूएसएआइडीसँगको साझेदारीमा विराटनगरका उद्यमीलाई दियो प्रशिक्षण

बिजमाण्डू
२०८१ पुष २४ गते १३:०८ | Jan 8, 2025
कुमारी बैंकले यूएसएआइडीसँगको साझेदारीमा विराटनगरका उद्यमीलाई दियो प्रशिक्षण

काठमाडौं। कुमारी बैंकले मोरङको विराटनगर महानगरपालिकासँगको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ।

Tata
GBIME
NLIC

बैंकले अमेरिकी सहयोग नियोग यूएसएआइडीसँगको साझेदारीमा ‘देशै भरि वर्षै भरि’ उद्यमशिलता विकास एवं प्रवर्धनका लागि नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान संचालन गरिरहेको जनाएको छ। सोही अभियानअन्तर्गत बैंकले विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम गरेको हो।

वित्तीय ज्ञान, सिप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यावहारिकरुपमा उद्यमशिलता प्रवर्धन तथा विकास हुने विश्वास बैंकले लिएको छ। यस अभियानमा सर्वसाधारणहरूको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरि वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनय सहितका सन्देशमूलक भिडियोहरू, सचेतनामूलक सन्देशहरू विकास गरी नियमितरुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको बैंक जानकारी दिएको छ।

उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रवर्धन तथा विकासमा टेवा पुर्‍याउँदै आर्थिकरुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ।