मुक्त्तिनाथ विकास बैंकको एनिभर्सरी बोनाञ्जा योजना, ग्राहकले १०,१२५ रुपैयाँसम्म पाउने

बिजमाण्डू
२०८१ पुष २३ गते ११:३२ | Jan 7, 2025
मुक्त्तिनाथ विकास बैंकको एनिभर्सरी बोनाञ्जा योजना, ग्राहकले १०,१२५ रुपैयाँसम्म पाउने

काठमाडौं। मुक्त्तिनाथ विकास बैंकले १९औं वर्ष प्रवेश गरेको अवसरमा आफ्नो ग्राहकहरुलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न मुक्त्तिनाथ एनिभर्सरी बोनाञ्जा योजना ल्याएको छ।

Tata
GBIME
NLIC

पयोजनाअनुसार बैंकको मोबाइल बैंकिङ्गमा भएको कनेक्ट आईपीएसमार्फत रकम ट्रान्सफर गर्ने ग्राहकमध्येबाट २ जनाले लक्की ड्रमार्फत मोबाइल फोन पाउनेछन्।

यसैगरी १०० रुपैयाँ वा सोभन्दा बढीको टपअप तथा डेटा प्याक लिने ग्राहकमध्ये दैनिक १९ जनाले लक्की ड्रमार्फत १०० रुपैयाँ टपअप प्राप्त गर्नेछन्। पुस १९ गते सुरु भएको यो योजना माघ १९ गतेसम्म रहने बैंकले मंगलबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

यस्तै बैंकको मोबाइल बैंकिङ्गमार्फत बिजुलीको बिल भुक्तानी गर्ने १ ग्राहकले लक्की ड्रमार्फत बिल भुक्तानी रकम वा अधिकतम रु १०,१२५ रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन्। पुस १९ गते सुरु भएको यो योजना माघ १९ गतेसम्म रहने बैंकले जनाएको छ।

बैंकको क्यूआर मर्चेन्ट भई कुनै पनि कारोबार क्यूआरमार्फत प्राप्त नगरेका मर्चेन्टले यस अवधिमा कारोबार संख्या ३ र २०० रुपैयाँसम्मको कारोबार रकम क्यूआरमार्फत प्राप्त गरेमा ५ जनाले लक्की ड्रमार्फत स्मार्ट वाच प्राप्त गर्नेछन्।

त्यसैगरी भारतीय पर्यटकबाट क्यूआर मर्चेन्टमा २०० रुपैयाँसम्मको रकम क्यूआरमार्फत प्राप्त गरेमा ५ जनाले लक्की ड्रमार्फत स्मार्ट वाच प्राप्त गर्नेछन्। पुस १९ गते सुरु भएको यो योजना पुस २५ गतेसम्म लागू हुनेछ।

मोबाइल बैंकिङ्गमार्फत अन्य बैंकमा रकम ट्रान्सफर गर्ने ग्राहकमध्ये दैनिक १ जनालाई लक्की ड्रमार्फत १,००० रुपैयाँ क्यास ब्याक र क्यूआरमार्फत बिल भुक्तानी गर्ने ग्राहकमध्येबाट दैनिक २ जनालाई लक्की ड्रमार्फत ५०० रुपैयाँका दरले क्यास व्याक प्रदान गरिने बैंकले जनाएको छ। पुस १९ गते सुरु भएको यो योजना पुस २५ गतेसम्म लागू हुनेछ।