ङादी ग्रुप पावरको १.८५ अर्बको हकप्रद सेयर भोलिदेखि बिक्रीमा, माघ १४ गतेसम्म म्याद

बिजमाण्डू
२०८१ पुष २२ गते १७:२९ | Jan 6, 2025
ङादी ग्रुप पावरको १.८५ अर्बको हकप्रद सेयर भोलिदेखि बिक्रीमा, माघ १४ गतेसम्म म्याद

काठमाडौं। ङादी ग्रुप पावर कम्पनीले हकप्रद सेयर भोलिदेखि बिक्रीमा राख्ने भएको छ। कम्पनीले सतप्रतिशत हकप्रद सेयरको बिक्री मंगलबार खुलाउने भएको हो।

Tata
GBIME
NLIC

ङादी ग्रुप पावरको चुक्ता पुँजी अहिले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ छ।

कम्पनीले चुक्ता पुँजीको १:१ अनुपातमा १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँको १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

सेयरधनीले कम्पनीको हकप्रद सेयरका लागि माघ १४ गतेसम्म प्रति सेयर अंकित मूल्य १०० रुपैयाँमा आवेदन दिन सक्नेछन्।

ङादी ग्रुप पावरले हकप्रद सेयर निष्कासनका लागि २०८० भदौमा सेबोनमा आवेदन दिएकामा गत मंसिरमा अनुमति पाएको थियो। कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल हो।