काठमाडौं । भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय दक्षिण एसियाली पुस्तक मेला जारी छ। गत बुधबार बाट सुरु भएको यो पुस्तक मेला भोलि आइतबारसम्म चल्नेछ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा पुस्तक मेला भइरहेको हो।
पुस्तक मेलामा नेपालसहित भारत, बंगलादेश लगायतका दक्षिण एसियाली देशसँगै चीनका पुस्तक प्रकाशक, उत्पादक तथा वितरक सहभागी छन्।
गत वर्षदेखि सुरु भएको यो दक्षिण एसियाली पुस्तक मेलामा चिनियाँ स्थलको दबदबा छ। चिनिया स्टल आकर्षक रूपमा सजाइएका छन्।
चीनको इतिहास साहित्य र राजनीति बुझाउने किताबहरू स्टलमा राखिएका छन्।।
प्रदर्शनीमा १५० भन्दा बढी स्टलहरू छन्। छुट सहित पुस्तक र स्टेशनरी सामानहरू मेलामा राखिएका छन्। साथै विभिन्न विद्यालयका विद्यार्थीहरूलाई ल्याएर प्यानल डिस्कसन र वादविवाद प्रतियोगिता समेत सञ्चालन गरिएको छ ।