साना किसान बैंकको ६ करोड रूपैयाँको सेयर आउँदै, एलिट क्यापिटल विक्री प्रबन्धक

बिजमाण्डू
२०६९ माघ ७ गते ००:०० | Jan 20, 2013
काठमाडौं । साना किसान विकास बैंकले ६ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने भएको छ । सेयर निष्कासनको लागि बैंकले बिक्री प्रवन्धक एलिट क्यापिटल नियुक्त गरेको छ । साना किसानको प्रवद्र्धकहरु कृषि विकास बैंकले ४ करोड ४१ लाख, नेपाल बैंकले १ करोड २१ लाख, नविल बैंकले ६१ लाख र २ सय ३१ साना किसान सहकारी संस्थाले ७ करोड ७७ लाख गरी जम्मा १४ करोड बराबरको १४ लाख कित्ता सेयर खरिद गरिसकेका छन् । साधारण सेयर निष्कासनपछि बैंकको चुक्ता पुँजी २० करोड पुग्नेछ । बैंकले गत वर्ष ६ करोड ३४ लाख खुद नाफा गरेको थियो । बैंकले हिमालीमा ३, पहाडीमा २३ र तराईका २० गरी ४६ जिल्लाका ५ सय ५४ गाविसमा रहेका ३ सय १८ संस्थामार्फत २ लाख ५५ हजार घरपरिवार लाभान्वित भएका छन् ।

Tata
GBIME
Nepal Life