
काठमाडौं। नेपाल टेलिकमको हुम्लामा रहेको बीटीएस टावरमा अज्ञात समूहले क्षति पुर्याउँदा पाँच दिनदेखि सेवा अवरुद्ध भएको छ।
हुम्लाको सर्केगाड गाउँपालिका ५ मा रहेको बरै माइक्रो बीटीएसमा पुस ४ गते सोलार प्यानल, भीएसएटीका उपकरणहरु तथा अर्थिंङ केबलमा क्षति पुगेको छ। विकट भौगोलिक अवस्थाका कारण टावर मर्मतको काममा समय लाग्ने टेलिकमले जनाएको छ।
‘सार्वजनिक महत्वका सम्पत्तिमा क्षति पुर्याउने र सर्वसाधारणको अविछिन्न सञ्चार सेवा उपभोग गर्न पाउने अधिकारमाथि आघात पुग्ने किसिमका गतिविधिहरु नगर्न/नगराउनुहुन नेपाल टेलिकम सबैमा अनुरोध गर्दछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।