जीबी राईसहित १९ जनाविरुद्ध सहकारी ठगीपछि संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर

बिजमाण्डू
२०८१ पुष ५ गते १८:३५ | Dec 20, 2024
जीबी राईसहित १९ जनाविरुद्ध सहकारी ठगीपछि संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर


काठमाडौं। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोडिएका पूर्वअध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर भएको छ।

Tata
GBIME
NLIC

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार १ अर्ब ५१ करोड रुपैयाँ बिगो दाबी गर्दै १९ जनाविरुद्ध थप दुई मुद्दा दायर गरेको हो। मुद्दा दायर गरिएकाहरुमा जीबीका अलावा सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक शिवबहादुर गुरुङ लगायत छन्।

सूर्यदर्शन सहकारी ठगीमा जिल्ला सरकारी वकिल कार्यालयले १९ जनाविरुद्ध २०८० असोज १८ गते मुद्दा दायर गरेको थियो। १९ मध्ये जीबीसहित १० जना फरार छन् भने ९ जना कारागार र हिरासतमा छन्।

पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध भने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा आइतबार मुद्दा दायर गर्ने भनिएको छ।