
काठमाडौं। एनसेलका ग्राहकले अब अनलिमिटेड डेटा सापटी लिन सक्ने भएका छन्। एनसेलले आफ्ना ग्राहकलाई अब ब्यालेन्स नभएको बेलामा १ दिन समयसीमा रहेको अनलिमिटेड डेटा सापटी लिन सकिने सुविधा ल्याएको छ।
यो सापटी सेवा अन्तर्गत आफ्नो मेन ब्यालेन्स ५ रुपैयाँभन्दा कम भएका प्रिपेड ग्राहकहरुले १ दिन अर्थात २४ घन्टा समयसीमा भएको अनलिमिटेड डेटा सापटी लिन सक्छन्।
यो सुविधा पुस १ गतेबाट दिन थालेको कम्पनीले जनाएको छ। समयसीमा १ दिन रहेको अनलिमिटेड डेटाको शुल्क करसहित ५० रुपैयाँ छ । ग्राहकले यो डेटा सापटी लिएपछि २४ घन्टासम्म एनसेलको मोबाइल इन्टरनेट सेवाको भरपुर फाइदा उठाउन सक्छन्।
यो १ दिने अनलिमिटेड डेटा सापटी लिन ग्राहकले *९९८८*४# डायल गर्नुपर्नेछ। सापटीमार्फत लिएको डेटाको शुल्क ग्राहकले ब्यालेन्स रिचार्ज गरेपछि काटिने कम्पनीले जनाएको छ। करसहितको सेवा शुल्क २.४८ रुपैयाँ र १ दिने अनलिमिटेड डेटाको ५० रुपैयाँ गरी ब्यालेन्स रिचार्ज गर्दा कुल ५२.४८ रुपैयाँ काटिन्छ।
सिम लिएर सेवा लिन थालेको कम्तिमा ३० दिन भएका ग्राहकहरुले यो डेटा सापटी लिन सक्छन्। एनसेलले यो अनलिमिटेड डेटा बाहेक ४० रुपैयाँ ब्यालेन्स सापटी, ३ दिने १ जीबी डेटा सापटी, ३ दिन समयसीमाको ९० मिनेट अल नेपाल टक टाइम सापटी सुविधामार्फत प्रदान गर्दै आएको छ।