सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढ्दा स्थानीय बजारमा स्थिर, कतिमा हुँदैछ कारोबार?

बिजमाण्डू
२०८१ मंसिर २७ गते ११:०० | Dec 12, 2024
सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढ्दा स्थानीय बजारमा स्थिर, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। सुनचाँदीको मूल्य बिहीबार स्थिर छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपनि स्थानीय बजारमा भाउ घटबढ भएको छैन।

Tata
GBIME
NLIC

बुधबार सुन तोलामा २ हजार रुपैयाँ बढेर प्रति तोला १ लाख ५४ हजार २ सय रुपैयाँ भएको थियो। मंगलबार सुन तोलामा २१ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५२ हजार २ सय रुपैयाँ भएको थियो।

सोमबार सुन ४ सय रुपैयाँले बढेको थियो। सोमबार कारोबार मूल्य प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार सुन तोलामा ४ सय रुपैयाँ बढेर १ लाख ४९ हजार ७ सय रुपैयाँ निर्धारण भएको थियो।

चाँदीको मूल्य २ दिनदेखि स्थिर छ। सोमबार चाँदी तोलामा ६० रुपैयाँ बढरे प्रति तोला १ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेको छ। बिहीबार सुनको मूल्य प्रति औंस २७१२.९७ डलर छ। बुधबार सुन प्रति औंस २६८४.३७ डलर थियो। चाँदी प्रति औंस ३२.०८ डलर छ। बुधबार चाँदी प्रति औंस ३१.६६ डलर थियो।