बैंकले आयात गरेको सुन उठ्न थाल्यो, दुई दिनमा ७० प्रतिशत सुन बिक्री

बिजमाण्डू
२०८१ मंसिर २६ गते १२:१४ | Dec 11, 2024
बैंकले आयात गरेको सुन उठ्न थाल्यो, दुई दिनमा ७० प्रतिशत सुन बिक्री

काठमाडौं । गत साता बैंकले आयात गरेको ५० केजी सुन बैंकबाट उठ्न सुरु भएको छ। सोमबारबाट बैंकले सुन दिन थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्यले जानकारी दिए।

Tata
GBIME
NLIC

महासंघको सिफारिसमा सुन वितरण गर्न लागिएको हो।उक्त सुन उपत्यकाभित्रको लागि मात्र हो। बाहिर जिल्लाको लागि राष्ट बैंकले नयाँ निर्णय नगरेसम्म सुन वितरण हुँदैन।

बैंकले पुरानो कार्यविधि अनुसार सुन दिएको छ। महासंघलाई ५० प्रतिशत, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघलाई ४० प्रतिशत र हस्तकला महासंघलाई १० प्रतिशत सुन विरतण गर्न लागिएको उनले जानकारी दिए।

बैंकले भन्सार घटेपछि ५० केजी सुन आयात गरेको थियो। त्यसमध्ये ७० प्रतिशत सुन बिक्री भइसकेको पाइएको छ।

सुनको भाउ घट्न थाले पछि बजारमा माग बढेको थियो। यसले गर्दा व्यवसायीले बैंक सँग सुन खरिद गरेर राख्न थालेका छन्।