काठमाडौं। सुनको मूल्य एकै दिन तोलामा २ हजार १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार कारोबार मूल्य प्रति तोला १ लाख ५२ हजार २ सय रुपैयाँ निर्धारण भएको छ।
साताको पहिलो दिन तोलामा ४ सय रुपैयाँ घटेको सुनको मूल्य देस्रो दिन ४ सय रुपैयाँ बढेको थियो। सोमबार कारोबार मूल्य प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदी तोलामा ६० रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको छ। सोमबार प्रति तोला १ हजार ८ सय ६५ रुपैयाँमा स्थिर रहेको चाँदीको मूल्य मंगलबार १ हजार ९ सय २५ रुपैयाँ भएको हो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै प्रति औंस २६७०.४४ डलर पुगेको छ। चाँदी प्रति औंस ३१.९७ डलरले कारोबार भइरहेको छ। सोमबार सुन प्रति औंस २६३६.७१ डलर र चाँदी ३०.९४ डलर थियो।