काठमाडौं। फेसबुकमा अनौठो ‘ग्लिच’ देखिएको छ। सोमबार बिहानदेखि फेसबुक प्रयोगकर्ताहरुले आफ्नो ‘होम’ पेजमा आउने पोस्टहरुमा अनौठो दृष्य देखिरहेका छन्।
कुनै पनि पोस्ट हाल्ने पेज, फ्रेन्डलगायतमा अनेक नम्बरका डिजिट र अल्फाबेट देखिइरहेको छ।
पोस्ट भएको समय, बार देखाउनुपर्ने स्थानमा ग्लिच देखिएको छ।
फेसबुकले भने उक्त समस्याबारे कुनै औपचारिक धारणा वा कारण सार्वजनिक गरेको छैन।