ऋण विस्तार हुन नसकेपछि राष्ट्र बैंक दबाबमा, ८ दिनको अन्तरमा तेस्रोपटक ७० अर्ब उठाउँदै

बिजमाण्डू
२०८१ मंसिर २३ गते ११:१२ | Dec 8, 2024
ऋण विस्तार हुन नसकेपछि राष्ट्र बैंक दबाबमा, ८ दिनको अन्तरमा तेस्रोपटक ७० अर्ब उठाउँदै

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ७० अर्ब खिच्ने भएको छ। बैंकहरुले ऋण लगानी गर्न नसकेपछि राष्ट्र बैंककले ७० अर्ब रुपैयाँ खिचन लागेको हो।

Tata
GBIME

बोलकबोल उपकरणमार्फत २१ दिनका लागि ७० अर्ब रुपैयाँ तान्न लागेको राष्ट्र बैंकले जनाएको छ। यसका लागि राष्ट्र बैंकले तरलता फालाफाल भएका बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव मागेको छ।

राष्ट्र बैंकले यसअघि मंसिर १६ गते र १९ गते ५०/५० अर्ब रुपैयाँ तानेको थियो। त्यो पैसा बैंक तथा वित्तीय संस्थामा फिर्ता हुन बाँकी छ।