काठमाडौं। सामसङ नेपालले आफ्नो नयाँ वान यूआई ७ बेटा प्रोग्राम सार्वजनिक गरेको छ। जसमा शक्तिशाली एआई फिचरहरू, सरल कन्ट्रोलहरू र भविष्यका स्केलेबल एआई इकोसिस्टमको झलक प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार वान यूआई ७ ले एआईलाई प्राथमिकतामा राखेर प्रयोगकर्ताको अनुभवलाई अझ व्यक्तिगत र सहज बनाउने लक्ष्य राखेको छ। यो नयाँ संस्करणले एआई क्षमताहरूलाई एकीकृत गर्दै हरेक अन्तरक्रियालाई सहज र प्राकृतिक बनाएको छ।
वान यूआई ७ मार्फत सामसङले ग्यालेक्सी एआई फिचरहरूमा उल्लेखनीय सुधार गरेको छ। एडभान्स्ड राइटिङ असिस्ट टुलहरूले टेक्स्टलाई सहजै सेलेक्ट गर्न, समराइज गर्न, स्पेलिङ र ग्रामर जाँच गर्न तथा नोटहरूलाई स्वचालित रूपमा बुलेट पोइन्टमा परिवर्तन गर्न सक्ने क्षमता प्रदान गर्दछ।
त्यसैगरी, २० भाषामा कल ट्रान्सक्रिप्ट सुविधा पनि उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ। यसबाट रेकर्ड गरिएका कलहरूलाई स्वचालित रूपमा लिपिबद्ध गरी भविष्यमा सजिलै रिफरेन्सका लागि प्रयोग गर्न सकिन्छ।
वान यूआई ७ ले एकीकृत अनुभव प्रदान गर्नका लागि नयाँ र बोल्ड डिजाइन ल्याएको सामसङले बताएको छ। नाउ बारमार्फत लक स्क्रिनबाटै महत्त्वपूर्ण सूचना इन्टरप्रेटर, म्युजिक, रेकर्डिङ, स्टपवाच लगायत एक्सेस गर्न सकिन्छ।
पुनः डिजाइन गरिएको होम स्क्रिन र विजेटहरूमार्फत प्रयोगकर्ताले डिभाइसलाई आफ्नो प्राथमिकताअनुसार सहजै अनुकूल बनाउन सक्छन्।
त्यसका अलावा, सामसङले सरल र सहज क्यामेरा इन्टरफेसका साथै क्यामेरा सेटिङहरू र मोडहरू पुनः संगठित गरेको छ। अब उपयोगकर्ताले भिडियो रेकर्डिङमा जुम स्पिड नियन्त्रण गर्न सक्ने नयाँ विकल्प उपलब्ध छ।
वान यूआई ७ को आधिकारिक संस्करण आगामी ग्यालेक्सी एस सिरिजका डिभाइससँगै २०२५ को पहिलो त्रैमासिकदेखि उपलब्ध हुनेछ। यो संस्करणमा थप अन-डिभाइस एआई क्षमताहरू समावेश हुनेछन्।
साथै, सामसङको अपग्रेड नीति अनुसार यो अपडेट अन्य ग्यालेक्सी उपकरणहरूमा पनि क्रमशः उपलब्ध गराइने बताइएको छ।