रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी, चितवनपछि बयानका लागि वीरगंज लगिने

बिजमाण्डू
२०८१ मंसिर १९ गते १७:११ | Dec 4, 2024
रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी, चितवनपछि बयानका लागि वीरगंज लगिने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध अर्को पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत पर्साले लामिछानेसहित १४ जनालाई सहकारी ठगी मुद्दामा पक्राउपुर्जी जारी गरेको हो।

Tata
GBIME

सहकारीसम्बन्धी गठिन छानबिन समितिले लामिछाने प्रबन्ध निर्देशक भएको गोर्खा मिडियामा वीरगंजको सानो पाइला सहकारीबाट पनि रकम आएको देखिएपछि अनुसन्धान गर्न सिफारिस गरिएको थियो। त्यस्तै, पूर्वडीआइजी छबिलाल जोशीविरुद्ध पनि पक्राउ पर्जी जारी भएको हो।

लामिछानेविरुद्ध कास्की, रुपन्देही, काठमाडौं, चितवनपछि पर्सामा पनि पक्राउ पुर्जी जारी भएको हो। अहिले चितवनमा सहारा सहकारी ठगीमा जिल्ला सरकारी वकिलमा बयान भइरहेको छ। कास्की, रुपन्देही र काठमाडौंमा भने बयान सकिएको छ।

लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको थियो। उनलाई हाल विभिन्न जिल्लामा बयानका लागि दौडाइएको छ। कास्कीमा लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ।