चितवनको सरकारी वकिल कार्यालयमा भित्र रवि लामिछानेको बयान, बाहिर प्रदर्शन

बिजमाण्डू
२०८१ मंसिर १९ गते १३:५४ | Dec 4, 2024
चितवनको सरकारी वकिल कार्यालयमा भित्र रवि लामिछानेको बयान, बाहिर प्रदर्शन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको दोस्रो दिन पनि चितवनमा बयान भइरहेको छ।

Tata
GBIME
NLIC

बुधबार बिहानैदेखि जिल्ला सरकारी वकिल कार्यालय चितवनमा बयान जारी छ। मंगलबार काठमाडौंबाट विमानमा चितवन पुर्‍याइएका लामिछानेको सोही दिन साढे १२ बजेदेखि ४ बजेसम्म बयान भएको थियो। पहिलो दिन बयान नसकिएपछि दोस्रो दिन पनि बयान भइरहेको हो।

कार्यालयभित्र लामिछानेको बयान चलिरहँदा बाहिर भने प्रदर्शन भएको छ। यस क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ। रास्वपा सांसद हरि ढकालले भने सुरक्षाकर्मीले बल प्रयोग गरेर नियोजितहरुमा झडपको अवस्था ल्याएको आरोप लगाएका छन्।

रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा चितवनको सहारा सहकारीबाट रकम गएको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको हो। यसअघि उनीविरुद्ध पोखरा, बुटवल र काठमाडौंमा बयान भइसकेको छ।