रैथाने परिकार प्रवर्धनमा ठमेलको इको रिसोर्ट, संचालनमा आयो ‘गोल्डेन थाली’ रेष्टुरेन्ट

बिजमाण्डू
२०८१ मंसिर १८ गते १७:३१ | Dec 3, 2024
रैथाने परिकार प्रवर्धनमा ठमेलको इको रिसोर्ट, संचालनमा आयो ‘गोल्डेन थाली’ रेष्टुरेन्ट

काठमाडौं । ठमेलको इको रिसोर्टले रैथाने परिकार प्रवर्धन गर्ने उद्देश्यले आफ्नो परिसरमा ‘गोल्डेन थाली’ रेष्टुरेन्ट संचालनमा ल्याएको छ। रेष्टुरेन्टमार्फत हाल परिक्षणकालिन सेवा दिँदै आएको रिसोर्टले आउँदो फेब्रुअरी दोस्रो साताबाट पूर्ण रुपमा सेवा प्रवाह गर्ने तयारी गरेको परामर्श अधिकृत धर्मकराज पाण्डेले बताए।

Tata
GBIME
NLIC

‘सबै मुलुकको आ-आफ्नो विशेष परिकार हुन्छ। नेपालमा विभिन्न समुदायको आ-आफनै विशेष परिकार छन्। हामीले नेपाललाई नै प्रतिनिधित्व गर्ने उद्देश्यले गोल्डेन थालीको अवधारणामा यो रेष्टुरेन्ट संचानमा ल्याएका हौं,’ उनले भने,’थाली भोज हो। हामीले नेपाली भोजलाइ दर्साउन खोजेका हौं।’

उनका अनुसार गोल्डेन थाली अन्तर्गत साकाहारीमा १४ वटा र मांसाहारिमा १६ थरिका परिकार समावेश गरिएको छ।

पाहुनाको मागलाई मध्यनजर गर्दै रेष्टुरेन्टले दाल, चामल र ढिँडोमा ४-४ वटा विकल्प समावेश गरेको उनले जानकारी दिए। उनका मुसुरो, मास, सिमि र मिक्स दालको विकल्प पाहुनालाई राखिएको छ। चामलमा बासमती, जिरामसिनो, मार्सी, ताइचीन समावेश गरिएको छ।

एसियनतर्फ ताइचिन चामल, विदेशी पर्यटकलाई मार्सी, भारतीयलाइ बासमती र जीरामसिनो चामल विकल्पमा राखिएको उनले जानकारी दिए।  

‘ढिडो जति नौलो मानिन्छ त्यति नै स्वास्थ्यवर्धक छ। विदेशमा पोरिज वा मसको रुपमा पस्किइने गरिन्छ। यसमा फापर, कोदो मकै र गहुँको ढिडो समावेश गरेका छौं,’उनले भने।

रेष्टुरेन्टमा पाहुनाले तरकारीमा तिहुनको रुपमा गुन्द्रुक, लेदोबेदोमा फर्सी मिला आलुमो तरकारी, सुख्खा तरकारिमा काउली फ्राइ, हरियोपरियोमा साग, मासुमा कुखुरा, खसी, माछा, पक्कु र अचारमा करेला मुला पकाएको अचार, पकाएर साधेको अचार, काचो मुला काँक्रो साधेर बनाइएको अचार, सिलौटामा पिसेर बनाइएको चटनी,छोप, गालेको अचार  समावेश गरिएको उनले जानकारी दिए।

डेजर्टमा दही र फलफुल समावेश गरेको रेष्टुरेन्टले अतिरिक्त परिकार थप्ने गृहकार्य गरिरहेको उनले बताए।

‘हामीले पाहुनाको स्वास्थ्यलाई मध्यनजर गर्दै परिकारमा सिजनल खानेकुराको प्रयोग गर्ने अभ्यास गरिरहेका छौं,’ उनले भने,’अहिले ट्रायल फेजमा छौं। फेब्रुअरी मध्यमा ग्राण्ड ओपनिङ गर्नेछौं।’

१०० जनाभन्दा बढीको क्षमता रहेको रेष्टुरेन्टमा पाहुनाले ५५० साकाहारी परिकार मध्येबाट छान्न पाउनेछन्। सुरुवाती मूल्य ८०० रुपैयाँमा मांसाहारी परिकार पाइनेछ।  

इको रिसोर्ट ४० वटा  कोठा क्षमताको रहेको छ।

‘पकाउने खाद्य सामाग्री एउटै हो तर स्वाद र पस्किने तरिका फरक हुन्छ। हामीले मिथिला थाली सुरु गर्दै गर्दा विभिन्न समुदायको परिकार तयार भयो,’ उनले भने,’अब सबैलाई मिल्दो परिकार पस्कने उद्देश्यले गोल्डेन थाली सुरु गरेका हौं।’

इको रिजोर्टका सञ्चालक राजन सिम्खडा, मोहन लमसाल सँगको सहकार्यमा रेष्टुरेन्ट संचालनमा ल्याइएको उनले जानकारी दिए।